एमाले अखिलद्धारा भारतीय राजदुताबास अगाडी प्रदर्शन

uml-youth-and-studentकाठमाडौँ : संयुक्त युवा तथा विद्यार्थी मोर्चाले लैनचौरस्थित भारतीय राजदूतावास अगाडि आज प्रदर्शन गरेका छन् ।

नेपालको आन्तरिक मामलामा हस्तक्षेप गर्नेगरी संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव पारित गराउन भारतले हस्तक्षेपकारी भूमिका खेलेको आरोप लगाउँदै नेकपा एमालेका युवा विद्यार्थीहरुले भारतीय राजदूतावास अगाडि विरोध प्रदर्शन गरेका हुन्।

संविधान संशोधनको प्रक्रियामा असहमत नेकपा एमाले, नेकपा माले, राष्ट्रिय जनमोर्चा, नेमकिपा तथा नेकपा (माओवादी) निकट युवा एवं विद्यार्थी सङ्गठनहरुले आन्दोलनका विभिन्न कार्यक्रम गर्दै आएको छ।

राष्ट्रिय झण्डासहित विरोध प्रदर्शन गर्न दूतावास अगाडि बढेको जुलुशलाई प्रहरीले लैनचौर चोकमै रोकेको थियो । दूतावास वरपर निषेधित क्षेत्र घोषणा गरेको सरकारले सुरक्षाका लागि उल्लेख्य संख्यामा प्रहरीहरुलाई परिचालन गरेको छ ।

भारतीय राजदूतलार्इ फिर्ता पठाउन माग

विरोध प्रदर्शनपछि आयोजित कोणसभामा एमालेका युवा तथा विद्यार्थीहरु प्रधानमन्त्री प्रचण्डको राजीनामा र भारतीय राजदूत रणजीत रायको स्वदेश फिर्तिको माग गरे ।

कोणसभामा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले युवा विद्यार्थी अरिङ्गाल भएकाले नजिस्क्याउन चेतावनी दिइन् । उनले भनिन्, भारतीय राजदूतले हाम्रो संविधानमा प्रश्न उठाउने होइन, आफ्नो देशको संविधान पूर्ण बनाउन लाग्नूस् ।”
उनले हजारौँ जनताको बलिदानीबाट सरकारको कुर्सीमा पुगेका प्रचण्डले राष्ट्रघात गर्न नहुने बताइन् ।

त्यसैगरी युवा संघकका अध्यक्ष राजीव पहारीले भारतीय विस्तारवादको हस्तक्षेपको मुक दर्शक बन्न नसकिने बताए । राजदूत रेलाई भारतीय प्रदानमन्त्री मोदीको ‘दास’ संज्ञा दिँदै बरु फिल्म खेल्न तर नेपालको आन्तरिक विषयमा नबोल्न र चलखेल नगर्न चेतावनी दिए ।

क्रान्तिकारी युवा संघका अध्यक्ष निरज लवजले भने, “आज भाटा बोकेर हिँडेका विद्यार्थी भोलि बन्दुक बोकेर निस्कन तयार हुन्छन् तर भारतीय हस्तक्षेपका सामु घुँडा टेक्दैनन् ।”





error: Content is protected !!