१४ सय ६८ अर्वका मालिकलाई मृत्यु दण्डको सजाय

२० मंसिर, एजेन्सी । इरानका सबैभन्दा धनी ब्यापारी बाबाक जंजानीमाथि मुद्रा निर्मलीकरण र अनियमिताताको आरोपमा मृत्युदण्ड सुनाइएको छ ।

तल्लो अदालतले सुनाएको मृत्युदण्डको सजाय माथिल्लो अदालतले पनि कायम राखेपछि उनलाई मृत्यु दण्ड दिइने निश्चित भएको छ ।

iranian-billionaire-sentenced-to-death

जंजानीलाई सन् २०१३ मा पक्राउ गरेर मुद्धा चलाइएको थियो । उनी इरानका सबैभन्दा धनी ब्यापारी हुन् । उनको सम्पति १४ दशमलव ५ अर्व डलर अर्थात करिव १४ सय ६८ अर्व रुपैयाँमा मालिक हुन् ।

तेल ब्यापारी जंजानीले विदेशबाट अवैध रुपमा अरवौं रुपैयाँ हासिल गरेको आरोप लागेको थियो । अदालतले उनलाई दोषी ठहर गरेपछि उनलाई मृत्युदण्ड हुने भएको हो ।





error: Content is protected !!