चरेश किनवेच गर्दा गदै प्रहरीको फन्दामा

हेमन्त के सी
जाजरकोट, मंङ्सिर ,२० । यहाँको प्रहरीले लागु औषध चरेश किनवेच गर्दा गदै दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको सिमा गाविस वडा नं ९ सिमा वजारमा जाजरकोट सदरमुकामवाट गएको वसवाट झरेर पसलमा गई विक्री गदै गरेको आरोपमा जाजरकोट प्रहरीले वाँके नौवस्था ८ कि तुलसा शाही र नौवस्था ७ का हरीवहादुर वमलाई ७ किलो चरेश पक्राउ गरी सोमवार सार्वजानिक गरेको छ ।

   तुलसाले वम संग विक्री गदै गर्दा फेला परेको प्रहरीको भनाई छ । वमवाट रु उनासी हजार रुपैयाँ समेत वरामत गरेको प्रहरीको भर्ना छ ।
विशेष सुचनाका आधारमा विक्री भईरहेको सुचना पाएपछि सदरमुकामवाट प्रहरी निरिक्षक सुवास भट्टको नेतृत्वमा गएको प्रहरी टोलीले पक्राउ गरेको वताईएको छ । एक हप्ता भित्र जाजरकोट प्रहरीले तीन जनालाई पक्राउ गरिसकेको छ ।





error: Content is protected !!