बाबूको मृत्यु पछि बच्चा हरुको को बिचल्ली ।

जाजरकोट – गरिब दुखी का दिनहरु दिन सधै दुख नै दुख मा नै बित्छन।झन त पिछडिएको जाती समाज बाट पछाडि पारियको दुख को बेला पनि कुनै सहयोग बिनाको नै हुन्छ।

15293338_343243096048965_246527543_oजाजरकोट को पश्चिम पजारु २धाउनी का मा बाबू मुने कामी गत महिना हृदयघातको कारण मृत्यु भय संगै उनकी श्रीमती सर्मिला कामी सहित४बच्चा हरुको बिचल्ली परेको छ।जसमा ११बर्ष का प्रेम बि क, ८बर्ष कि निर्मला,६बर्संका कर्न बि क र सानी २बर्सिय छोरी टिकासरा बिक रहेकी छिन।

गरिबता मै हुर्केका यी बालबालिका को को राम्रो लालान पालन हुन नपाउदै बाबू को मृत्यु भयको छ।अहिले सर्मिला पनि एकदम नाजुक अबस्था भय संगै यी बाल बच्चा गाउले हरु कै घर मा गयर घुमेर खाने र कुनै ठुलो परिश्रम गरेर खाने उमेर पनि नहुदा बिचल्ली परेका हुन।

र यिनी हरु को गाउँ मा कोहि आफन्त पनि नभयकै कारन न खान न बस्न अबस्था हुदा बिचल्ली परेका हुन।र अहिले चिसो मौसम को समय ती बाल बच्चा हरु लाई न पेट भरी खाना मेलेको छ त न तातो कपडा न त बस्ने घर।११बर्सिय प्रेम भन्छन”बाबा को मृत्यु भयो आमा, बाबा को मृत्यु भयो आमा केही गर्न सक्दिनन ,अहिले हामी चार भाइ बहिनी छौ।

खान पनि पाईदैन सानी २बर्स कि बहिनि न त उनी यता उता गर्न नै सक्छिन ,रात दिन हामी रोयर बस्छौ।”उनले रुदै भने।र कसैको सेवा र सहयोग गर्नु नै शुभ कर्म हो “र यी बच्चाको पिडा दुख लाई सहयोग गर्नु नै धर्म हुनेछ।

भन्दै सामाजिक अभियन्ता प्रमोद बिश्वकर्मा ले सहयोगी सबै मा सहयोग को अपिल गर्नु भयको छ।सहयोग को लागि सम्पर्क:९८१८६७००१४गरेर अमुल्य सहयोग गर्न समेत अपिल गर्नु भएको छ।





error: Content is protected !!