स्वयमसेवा दिवसमा स्वास्थ्यमन्त्री गगन थापाको उदघोष

gagan-thapa-2-555x335काठमाडौं, २० मंसिर । स्वास्थ्य मन्त्री गगनकुमार थापाले स्वास्थ्य स्वयमसेविकाहरुको सम्मान र सुविधालाई सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले प्रभावकारी कदम चाल्ने बताउनु भएको छ ।

तेह्रौ राष्ट्रिय स्वास्थ्य स्वयमसेविका दिवसका अवसरमा बधाई तथा शुभकामना सन्देश दिदै मन्त्री थापाले स्वास्थ्य स्वयमसेविकाको क्रियाशिलतालाई थप अभिबृद्धि गर्न निकट भविश्यमै केही कदम चाल्ने बताउनु भएको हो ।

आमा र बच्चालाई घर दैलोमा स्वास्थ्य सेवा र सन्देश बहाकको रुपमा महिला रहेका स्वयमसेविकाहरुलाई समय सापेक्ष व्यवस्थित र प्रभावकारी बनाउन सरकार तदारुकताका साथ लागेको मन्त्री थापाले जानकारी दिनु भएको छ ।

महिला स्वास्थ्य स्वयमसेविकाको निश्वार्थ सेवा, स्वास्थ, संबृद्ध राष्ट्र निर्माणमा टेवा भन्ने मुल नाराका साथ मनाउन लागिएको दिवसको अवसरमा मन्त्री थापाले स्वास्थ्य स्वयमसेविकाहरुको योगदान र भूमीकाको पटक पटक प्रशंसा गर्नु भएको छ । देशभरी अहिले क्रियाशिल रहेका ५१ हजार ४ सय ७० जना स्वास्थ्य स्वयमसेविकाले परिवार नियोजनका साधन, सुरक्षित मातृत्व, झाडापखाला लगायतका विषयमा सेवा तथा जानकारी दिने गरेका छन् ।

त्यसैगरी उनीहरुले भिटामिन ए क्याप्सुल, जुकाको औषधि, आईरन चक्की, परिवार नियोजनका साधन वितरण गर्ने गरेका छन् भने खोप कार्यक्रम, प्राथमिक स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा र मातृ तथा नवजात शिशुको व्यवस्थापनमा सहयोग गर्ने गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।





error: Content is protected !!