काग्रेसमा कार्यक्रता थपिए

रामचन्द्र न्यौपाने
डोल्पा मंसिर १९ दुनै
डोल्पा काँङ्ग्रेसमा अन्य पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको घुँइचो बडेको छ । स्थानिय निकायको चुनावलाई लक्षितगर्दै जिल्लाका बिभिन्न गाँउमा पसेको टोलीलाई भव्य स्वागतका साथ पार्टी प्रवेशगर्नेको घँुईचो बडेको नेपाली काँङ्ग्रेस डोल्पाले बताएको छ ।
जिल्लाका सर्मी,नकु,कालीका,ल्हाँ लगाएतका गाविसहरुमा गरिएको भातृ संगठन विस्तार तथा कार्यकर्ता भेटघाटको क्रममा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको ल्हाँका गाविसका गाँउ सभापति मोती प्रसाद उपाध्यायले बताउनुभयो ।
उहाँकाअनुसार तल्लो र मध्य डोल्पाका बिभिन्न गाविस गरेर चार सय पचास भन्दाँधेरै कार्यकर्ताहरु अन्य पार्टी त्यागेर आफ्नो पार्टीमा आएको बताउनुभयो ।
फरक फरक ठाँउमा गरिएको कार्यक्रमलाई संबोधनकोलागि पार्टी सभापति टंक प्रसाद उपाध्याय,किसान संघ केन्द्रिय सदस्य गौरी शंकर उपाध्याय लगाएको टिम आफै पुगेको र आँउदो चुनामा जिल्लामै पहिलो पार्टी निर्माणकालागि अहोरात्र खटिएको समेत उहाँले बताउनुभयो ।










