एमालेको सभामा विप्लव माओवादीको चेतावनीः आन्दोलनको कार्यशैली नफेरे कारवाही गर्छौ

काठमाडौं, १९ मंसिर । नेकपा एमालेले पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा शनिवार बुटवलमा आयोजना गरेको सर्वदलिय सभामा विप्लव माओवादीले आफ्नो पार्टी कार्यालयमा गरिएको आक्रमण प्रति एमालेलाई कडा चेतावनी दिएको छ ।

शनिवार नेकपा एमाले बुटवलले आयोजना गरेको सर्वदलिय सभाबाट विप्लव मओवादीका रुपन्देही सेक्रेटरी सरद वलीले आन्दोलन अराजक भएको भन्दै त्यसको कार्यशैली सुधार नगरे एमलेका ७५ जिल्लाका पार्टी कार्यालय र देशभरका प्रतिष्ठानमा एकै पटक कारवाही गर्ने कडा चुनाैती दिएका हुन ।

फाइल फाेटाे

फाइल फाेटाे

पाँच नम्बर प्रदेश टुक्राएको विरोधमा भएको आन्देलनको क्रममा आन्दोलनकारीहरुले बुटवलमा रहेको सहिद स्मारक,विप्लव माओवादीको पार्टी कार्यालय, अन्य व्यापारिक संस्थान र यातायातका साधनहरुमा क्षति पुर्याएको छन ।

विप्लव माओवादीले आफ्नो पार्टी कार्यालय र सहिद स्मारकमा गरिएको आक्रमण गैर राजनीतिक र अराजक भएको भन्दै यस अघि विज्ञप्ति मार्फत त्यसको विरोधपूर्ण चेतावनीसमेत दिएको थियो ।

आन्दोलनकारीको गतिविधि प्रति आक्रोशित हुदै आएको विप्लव माओवादीले एमालेलाई त्यस्तो चेतावनी दिएको हो ।

विप्लवका रूपन्देही सेक्रेटरी वलीले भने– जनयुद्धबाट आएको पार्टी हो हाम्रो, अहिले पनि संघर्षमै रहेका छौ । एमालेले आन्दोलनको कार्यशैलीमा सुधार नगरे प्रतिवादमा उत्रिदा आउने परिस्थीतिको जिम्मा लिन तयार हुनुपर्छ ।

वलीले एमाललेलाई आन्दोलनको स्वरुप सुधार्न सुझाव सहित त्यस्तो चेतावनी दिएका थिए ।

विप्लव माओवादीको पार्टी कार्यालय र सहिद स्मारकको आक्रमणमा एमालेले आफ्नो संलग्नता नरहेको जनाएपनि विप्लव माओवादीले भने एमालेको नेतृत्वमा भएको अरोप लगाउदै आएको छ । एमालेले आन्दोलन गरेको हुदा जिम्मेवारी एमालेले नै लिनु पर्ने जनदवाव पनि बढेको देखिन्छ । – खबरडबलीबाट 





error: Content is protected !!