लोडसेडिङ हटाउन असहयोग गर्नेलाई कारवाहीः मन्त्री शर्मा

janardan-sharma-768x569काभ्रे । उर्जामन्त्री जनार्दन शर्मा प्रभाकरले लोडसेडिङ हटाउने अभियानमा असहयोग गर्ने प्राधिकरण संचालकहरुमाथि कार्वाही शुरु भएको बताएका छन् ।

काभ्रेको कुन्तावेशीमा रसकमल स्मृति कृषि सहकारी संस्थाको छैठौं साधारण सभा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । लोडसेडिङ हटाउने उर्जा मन्त्रालयको अभियानमा अवरोध खडा गर्ने जोकोहीलाई पनि नछाड्ने चेतावनी दिँदै उनले यसमा साथ दिन सवैलाई आग्रह गरे ।

 उर्जामन्त्रालयले विद्युत प्राधिकरण संचालक समिति सदस्य लक्ष्मण प्रसाद अग्रवाल, मनोज मिश्र र सुरज लामिछानेलाई अवैधानिक गतिविधिमा संलग्न भएको आरोपमा शुक्रबार लिखित स्पष्टीकरण सोधेको छ । स्पष्टीकरण चित्तबुझ्दो नभए उनीहरुमाथि थप कार्वाही गर्ने मन्त्रालयको तयारी छ ।

उर्जामन्त्री शर्माले विद्युत प्राधिकरणभित्र परेको प्वाल टालेका कारण केही व्यक्तिहरुमा छटपटी बढेको भन्दै त्यस्तो छटपटी अझ बढाईदिने बताए । मन्त्री शर्माले प्राधिकरणभित्र खान पल्केकाहरुको हर्कतविरुद्ध आफु कठोर भएर प्रस्तुत हुने चेतावनी दिए ।





error: Content is protected !!