संविधान संसोधन बारे भारतले मुख खुल्यो

nepal-and-indiaकाठमाडौं १९ मंसिर । भारतीय सरकारले मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न दर्ता भएको संविधान संशोधनको स्वागत गरेको छ । प्रस्तावलाई ‘सकारात्मक’ रूपमा लिदै त्यसको स्वागत गरेको हो ।

सरकारले संसदमा दोस्रो संशोधन प्रस्ताव दर्ता गराएको ६ दिनपछि भारतले विज्ञप्ती निकालेर स्वागत गरेको हो । संविधान संसोधन दर्ता हुनुलाई महत्वपूर्ण कदमका रुपमा भारतले दिएको छ ।

‘शान्ति, स्थिरता र नेपाल प्रगति भारत र नेपाल दुवै हिता हुनेछ’ भारतीय दुतावासले निकालेको विज्ञप्तीमा  भनिएको छ‘ हामी संवाद र संवैधानिक मार्फत समाजमा सबै पक्षको आकांक्षाहरूले पूरा गरोस भन्न्े चाहान्छौ । संसद मा एक संविधान संशोधन विधेयक को दर्ता एउटा महत्त्वपूर्ण कदम हो। ’ सम्वादबाट विवादहरु समाधान हुने पनि भारतले आशा लिएको छ ।

भारतीय अधिकारीहरूले संविधान संशोधनको विषय नेपालको आन्तरिक मामिला भएको र नेपालको संसद्ले टुंगो लगाउने विषय भएको समेत बताएका छन् । यस अगाडि मधेसवादी दलहरूको मागलाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले गरेको ढिलाइप्रति भारतले असन्तुष्टि व्यक्त गर्दै आइरहेको थियो ।





error: Content is protected !!