अष्ट्रेलिया बसाईमा मेरो अनुभूति

australia_7पहिलो पटक विशुद्ध आफनो पारिवारीक भेटघाटको सन्दर्भमा अष्ट्रलिया पुगे । नेपालवाट ४ः३० घण्टा मलेसियाको उडान, ६ घण्टा ट्रान्जिट पछि करीव सारी ९ घण्टाको ब्ष्च ब्कष्ब को उडान वाट असारको १४ गते एलजावेत अन्तराट्रिय विमान स्थल सिड्नीमा उत्रियर करीव ७० दिनको वसाईका यी सवै जानकारी लिने स्रोतको रुपमा छोरा रमेश सिह र नेपालवाट त्यहा गएर लामो समय वसोवास गरेका व्यक्तिहरुवाट वुजेका कुराहरु र केही आफना प्रत्यक्ष अवलोकन वाट देखिएका अनुभुतीलाई मैले यात्रा स्मरणको रुपमा लिपीमा उतारेको छु । यो मेरो अष्ट्रलिया बस्दा प्राप्त गरेका ब्यक्तिगत बुझाई, अनुभूति र भोगाइको समिश्रण हो ।

प्रशान्त महासागरको पश्चिम, दक्षिण हिन्द महासागरको पूर्व उत्तर दुवै महासागरको विचमा अवस्थित अष्ट्रलिया ७ वटा महादेश मध्यको एउटा सिङ्गो महादेश हो । सिङ्गो अष्ट्रलिया एउटा देश पनि हो । यो नेपालको तुलनामा ५२ गुणा ठुलो छ भने, सिडनी (ल्क्ध्) मात्र ८ गुणा ठुलो छ । जहाँ वसेर मैले यि सवै वुझने कोसिस गरे । अष्ट्रलियाको जनसंख्या करिव २ करोड ५० लाख मात्र छ । नेपालको लोपन्मुख राउटे समुदाय जस्तो, त्यहा पनि आदीवासी समुदाय थोरै संख्यामा काला जातीका छन । राउटेको अवस्थामा यहाँ जे छ, त्यहाँ उनीहरुको पनि उस्तै खालको देखिन्छ । तर त्यहाँ उनीहरुका लागि सरकारले पुर्ण भत्ताको व्यवस्था गरेरको छ ।

यसले गर्दा उनीहरुको जीवनशैली नेपालका राउटेको जस्तो जस्तो भए जीवन निर्बाहमा कुनै कठिनाई छैन । अरु समुदाय विभिन्न मुलुकवाट, प्राय युरोपियन मुलुक, भारत, वर्मा, लेपनान, चिन, जापन र नेपाल जस्ता थुपै मुलुकवाट आई वसोवास र शासन गरेको देखिन्छ । यसको इतिहास हेर्दा वेलायतले आफनो साम्राज्य कायम गर्न युद्ध चलाउदा कव्जामा लिएका कैदीहरु राखेकोले विस्तारै वसोवासको सुरुवात भएको भन्ने वुझिन्छ ।

वेलायतको अधिनमा लामो समय चलेको र अहिले पनि वेलायतकी महारानीलाई राजा मानेको अवस्था छ । नेपालवाट करिव ८० हजार विधार्थीको रुपमा त्यहाँ पुगेका छन र ३५ हजार जतिले सिटीजन प्राप्त गरी सकेको रहेछन । चिनले आफनो वाक्लो उपस्थिति तथा व्यवसाय उद्योग संचालनमा अग्रता कायम र राज्यको प्रतिनिधित्व गर्न समेत पाईसकेको अवस्था रहेछ ।

नजिकका छिमेकी पपियान्युगेनी र न्युजिल्याड हुन भने, फिलिपिन्स, इन्डोनेसीया, मंलेसिया, सिगाँपुर अन्य छिमेकी हुन । त्यहाँको विशेष जनावर कंगारो हो । भुगोल केही साना, साना डाडाँकाँडा, पहाड, चट्टानहरु रहेपनि धेरै भागहरु समथरै समथर छ, विचको ठुलो भाग मरुभुमी छ भने, महासागरको किनारा, किनारामा वस्ती विकसित भएको रहेछ ।

जंगलमा साना साना झाडीहरु देखि प्रसस्तै सिसौ काठ जस्तो देखिन्छ । विधुतको पोलको रुपमा, घर बनाउने काममा, पुल बनाउन, पार्कको तारवार गर्न, कृषि फर्ममावार लगाउन पुरै काठ प्रयोग भएको भएता पनि वनजंगलको कमी छैन । हावा पानी नत अत्यन्त गर्मी नत अत्यन्त जाडो छ, महासागर वाट घेरिएकोले पानी छिन छिनमा परिरहने, कति वेला सफा कति वेला पानी पर्ने वेरै नलाग्ने त्यसैले गर्मी नियन्त्रण गरेको हुनुपर्छ ।

त्यहाँ हिउ पर्ने स्थान पनि छ जसलाई स्नोफिल माउन्टेन भनिन्छ । अष्ट्रलियाको पर्यटकीय क्षेत्रका रुपमा परिचीत वा त्यहाँ पुगेकाले हेररै फर्किनु पर्ने चर्चित केही स्थाहरु छन जसमा  बिलीउमाउन्टेनः– यो घनाजंगलको विचमा चट्टानको तिन वटा चुचुराहरु उठेका छन् । त्यहा पुग्न व्यवस्थीत बाटो, केवुलकार, लुकीङ पार्क व्यवस्था गरिरहेको छ, जसलाई त्जचभभ क्ष्कतभच भनेर पनि चिनीन्छ ।

टेलेस्ट्रारा टावरः– अष्ट्रेलियाको राजधानी क्यानवेराको विचमा निर्मित टावर, वाटो, पार्क, जसको माथिलो भागमा चढेर हेर्दा करीव पुरै भुगोल चारैतिर घुमेर हेर्न सकिदो रहेछ । अपेराहाउसः– समुद्रको माछाको आकार प्रकारमा देखिने समुद्धकै छेउमा निर्मित सिड्नीको मुख्य शहरमा अवस्थित छ । जहाँ भित्र अन्तराष्ट्रिय सभाहल रहेको छ ।

हार्वरव्रिजः– यो सवै भन्दा पुरानो समुद्ध माथि वनेको सवै भन्दा ठुलो पुल हो, समुद्ध मुनि पनि सुरुङ्ग मार्ग छ पुल माथि ६ लेनको वाटो छ, छेउमा ट्रेनको लिक समेत विछाईएको छ ।

नेशनलपार्कः– पार्क त टोलै पिच्छे पार्कको व्यवस्था छ, पार्क भन्ने वित्तिकै त्यहा हरियाली, लेडिज र जेन्स शौचालय, पानी, सावुन, पेपरको व्यवस्था वालवालिकाहरुलाई रमाउने खेल्ने साधनको व्यवस्था छ । ग्याँसको व्यवस्था छ, ओतको व्यवस्था छ, आफ्नो खाद्य सामाग्रीहरु लिएर परिकार बनाएर खाना सकिन्छ ।

छेउ छेउमा फोहर फाल्ने विनको व्यवस्था छ, विनहरु सडकै पिच्छे, पार्ककै पिच्छे, चोकै पिच्छे, घरै पिच्छे व्यवस्था छ । त्यो मध्यको एउटा नेशनल पार्क जो हन्टिङ भ्याली सिड्नीमा रहेको छ, जहाँ केही शुल्क तिरेर मात्र प्रवेश पाईन्छ । त्यहा माथि चर्चा गरिएको भन्दा अत्याधुनिक व्यवस्थापनले पुर्ण पार्क हो ।

यसका अलाव शुद्ध हिन्दुका मन्दिर गोकुलधाम जहाँ वध गर्न वन्चित छ, कृष्ण मन्दिर, मिन्टु मन्दिर स्थापना गरिएका छन । जहाँ रामभजन, गिताभजन, कृष्णभजन गाएर गोराहरु वसेका छन, विशेषत नेपालीहरु, भारतीयहरु बढी मात्रामा उपस्थित हुने, भगवानको दर्शन गर्ने, आफ्ना धार्मिक संस्कारहरु गर्ने जस्तोः– जनै पुर्णिमा, रक्षा बन्धन, तिज, साउने सक्रेन्ति, दशै तिहार समेत बिशेष रुपमा मनाउन जम्मा हुन्छन ।

नेपालीहरुकै पहलमा भागवत महायज्ञ गरेर नेपाली सडक वालवालिकाको सहयोगार्थ काम गरेको समेत भेटियो । त्यहाँको मृत्यु सस्कार गर्न तोकिएको स्थानमा पाँच फुट जग्गा राज्यवाट अग्रिम बुकीङ गरिन्छ । मृत्यु पछि त्यही स्थानमा गाड्ने क्रिसियनको क्रश चिन्न ठयाउने वर्ष वर्षमा त्यही श्रद्धान्जली दिने परम्परा रहेछ ।

सवैभन्दा महत्वपुर्ण राजधानी क्यानवेरामा रहेको म्युजियम घरमा प्रथम विश्वयुद्ध र दोश्रो विश्वयुद्धमा भएका लडाईका औजारहरु, हतियारहरु, मेशिनहरु, तोपहरु, शिप, फाईटर विमानहरुको अवशेषहरु त छन नै अनाठौ के छ भने, कसरी लडीरहेका थिए, वम, वारुद, गोली वर्षाहरु फाईटरहरु विमानहरुवाट आकाशमा उठेको धुवाँको मुश्लो क्षेती र लासहरुको बृतचित्र समेत देख्न सकिन्छ । जसले इतिहासका महत्वपूर्ण घटनाक्रमको सजिलै जीवन्त अनुभूति गर्न सकिन्छ ।

संघिय गणतान्त्रिक राजनिति व्यवस्था छ, वेष्ट मेनस्टरी प्रणालीमा सरकार चलेको छ । त्यहाँको पार्लियामेन्टमा १ सय ५० सदस्य छन । २ वटा मुल पार्टी छन, लिवरल र लेवर र केही नगन्य साना सहयोगी पार्टी स्वतन्त्र पनि छन, लिवरलको नेतृत्वमा मिलिजुली सरकार छ । त्यहाँ ८ वटा प्रदेश छन । २ वटा टेरीटोरी (सँरक्षित) ६ वटा स्वसासित छन । एउटा तासमानिया भन्ने संरक्षित प्रदेश छुटै टापुमा छ ।

चुनावमा अनिवार्य रुपमा भोट गर्ने पर्ने प्रावधान छ । भोटिङ नगर्दा फाइन लाग्छ, अनलाईनबाट भोट हाल्न सकिन्छ । आधुनिक पार्लियामेन्ट भवन हेर्न लायक छ, यी प्रदेशहरु मध्ये मेलबोन सुन्दर र स्वच्छ शहरको रुपमा विश्वमा चर्चित छ भने, सिड्नी शहर पुरानो र सवै भन्दा विकसित शहरको रुपमा चर्चित छ । राजधानी मेलबोन कि सिड्नीको बिवाद पछि मध्य स्थानमा रहेको क्यानवेराले राजधानीको अवसर पाएको रहेछ ।

अनुभूतिः– निलो आकश, निलो महासागर, हरिया सहर, तिन तहका तिन पाना जस्तो देखिने, धुवाँ, धुलो प्रदुशन, पोलोसन रहित स्वछ शहर छ । औद्योगिक क्षेत्र, फार्मिङ क्षेत्र, विजिनेस क्षेत्र, रेसिडेन्टल क्षेत्र छुटयाईको छ । प्राय घरहरु एक तले एकै साइजका एउटै मोडेलका घरहरु निर्माण गर्ने अनुमति छ ।

औद्योगिक र विजीनेस, फारर्मिङ क्षेत्रमा राज्यले आफैले लगानी गर्दछ, सवै नागरिकहरु व्यस्त छन, भौतिक पुर्वाधारहरुको विकास धेरै उन्नत तरिकाले पहिलै भईसकेको छ । थप आधुनिक बनाउदै छ, समग्रमा मेरो वुजाई राज्यको सिस्टम स्ट्रङ छ, प्रविधिमैत्री छ, राज्यले परम्परा र विधि स्थापित गरेको छ, त्यसलाई सवैले फलो गर्नु अनिवार्य छ, कुनै पनि क्षेत्रमा रुल उल्घंन भएमा सिधै फाईन लाग्छ, यि सिस्टमवाट छिनमै हिसाव मिलान गर्छ, कसैले पनि बार्गे्निङ गर्ने, आफनो छुटै पहिचान भिराउने स्थान नै छैन् ।

हेल्पर होस या हाकीम, व्यपारी होस या नेता, पाईलट होस या सुइपर सवै प्रविधिमा भित्र बिधि र प्रक्रियामा वाँधिएका छन । सवै काम समान छ, घण्टाको पे सिस्टम छ, फुर्सद कसैलाई छैन, सबै जना आफनो आफनो क्षेत्रमा व्यस्त र सुरक्षित छन । त्यहा कुनै पनि काम गर्दा मेशिन र प्रविधिको अधिकतम प्रयोग छ, भाँडा सफा गर्न होस, कुनै सोधपुछ गर्न होस, बगैचा सफा गर्न होस, या आफनो विषयमा बुज्न होस, हर कुरा बुज्नलाई आधुनिक प्रविधिको ज्ञान अनिबार्य हुनै पर्छ नत्र रहरले मात्रै कुनै कुराको जानकारी पाउन असंभब छ ।

जस्तै गाडी चढनुहुन्छ भने गाडी भित्र कुनै चिज खाना पाईदैन, सिट भन्दा बढी वस्न पाईदैन, एक जना वा खाली भएपनि तोकीएको समयमा गाडी गुड्नै पर्छ । चालक वाहेक अर्को व्यक्ति हुन्न, बृद्ध, अपाँङ्ग मैत्री गाडीमा अटो व्यवस्था छ, ढोकामा मेशिन छ, चढ्दा ओपन गर्ने र झर्दा बन्द गने कार्डवाटै भाडा काटिन्छ । तपाई लामो यात्रा हिडदै हुनुन्छ भने, तोकिएको स्थानमा मात्र गाडी रोक्न मिल्छ दिसा, पिसाव गर्न मिल्छ, अन्यथा गाडी रोक्न मिल्दैन, अझ गाडीको स्पिड ठाउँ ठाउँमा तोकी दिएको छ, लेन क्रस कसरी गर्ने सिग्नल दिएको हुन्छ, ४ चार घण्टा ड्राईभ पछि अनिवार्य रोक्नै पर्छ ।

रेष्ट एरिया तोकीएको हुन्छ, त्यहाँ दिसा पिसाव, गर्न चिया, नास्ता खाना व्यवस्था हुन्छ, पेट्रोलपम्प राखिएको हुन्छ । आवश्यक पर्ने डिजेल, पेट्रोल आफैले राख्नु पर्छ । एउटा गाडीको यात्रा गर्दा तोकिएको रुल फलो गर्नै पर्छ । नत्र चालकलाई फाईन, प्यासेन्जरलाई फाईन भन्नै परेन । बच्चालाई रुवाए फाइन पिटे जेल । विजिनेस कमपेल्क्स सफीङ गर्न जादा १६ वर्ष मुनिकालाई रक्सि किन्न वन्देज छ । यदी किने, बेचेको थाहा भए व्यवसाय नै कालो सुचीमा पर्छ । यही किसीमवाट राज्यका सम्पूर्ण अंगहरु चलेका छन ।

संसारका जुन सुकै भुगोलमा वस्ने मानिसहरुका चाहना, आवश्यकता, व्यवहार, इतिहास आधारभुत रुपमा मिल्दा जुल्दा नै हुन्छन, हामीले हाम्रो भुगोल इतिहास, समाज विकासको गति, हालको अवस्था, हाम्रा क्रियाकलापहरु, राज्य व्यवस्था, युद्ध संघर्ष सवैलाई हेर्दा विश्वका सवै भुगोलका साना ठुला टुक्राहरुले व्यहोरकै हुन्छन, कुनै न कुनै कालखण्डमा । मेरो छोटो वसाई र मेरो बुझाइ अनुसार अष्टे«लियाको तुलनाम हामी २ सय बर्ष पछाडी छौ जस्तो अनुभुती भएको छ ।

त्यहाँ जो कोहीले सफल समृद्ध सुरक्षित जीवन व्यतित गर्न ३ तिन वटा कुरा जाने पुग्छ, १– टेक्नोलाजी २– अंगे्रजी भाषा ३– विशेष एउटा शिप । यदी हुदा सामन्य खाना वस्न राज्यले पाल्छ, विजीनेस गर्नुहुन्छ, गाडी किन्नुहुन्छ, घर किन्नुहुन्छ व्यवसाय गर्नुहुन्छ, गाई पालन, मौरी पालन, मासु पसल, रेष्टुरेण्ट होटेल आदी लगाएतका कुराहरुको लागि राज्यले लोन सहयोग गर्छ । कमाएर हप्ता, हप्ताम किस्ता क्लिएर गर्नु पर्छ ।

अरुत के मोवाइल किन्न राज्यले लोन दिन्छ । एक मिनेट विजुली अफ हुदैन, वाटो सम्पुर्ण ठाउँमा पिच, आठ लेन सम्मको वाटो बनेको छ । समुद्र माथि पुल बनेको छ, समुद्र मुनि सुरुङ बनेको छ । सार्वजनिक शौचालयमा आधुनिक व्यवस्थापन छ, प्रत्येक घरमा सिधै ग्याँसको पाईप लाईन छ । प्रत्येक घरमा तातो चिसो पानी प्रशोधित पानी प्रयाप्त व्यवस्था गरिएको छ ।

हावावाट पनि विजुली निकालिएको छ, आकाशवाट खसेको पानी छतवाट छरप्रष्ट खस्न दिईएको छैन, छुटै व्यवस्थित निकास गरिएको छ, यी सवै विकास हेर्दा एउटा व्यस्त एडभान्स कन्ट्रीको रुपमा मान्न सकिन्छ । विश्वका विकसित राष्ट्रहरुको सुचीमा सातौमा पर्छ । अष्ट्रलियाले अबको २५ वर्ष पछि कस्तो देश बनाउने त्यसको कार्ययोजना बनाउदै छ ।

यदी हुदा हुदै पनि केही नकरात्मक पक्ष देखिन्छ, समाज एकाङ्गी र एकलकाटे छ, १४ वर्ष देखि आफनो खुट्टामा उभिन वाध्यता छ । धर्तिमा सृष्टि गराउने आमा वावुलाई बेवास्ता गर्नु ठुलो नकरात्मक पक्ष हो । राज्यले नागरिकलाई पुर्णरुपमा श्रममा घोटाउनु, आराम र मनोरन्जनको समय नदिनु, जान अन्जानमा कहिले काँही मानवीय त्रुटी भएमा सफाई लिने मौका नदिई अटो फाईन सिस्टम जोडनु । तर, हाम्रो देशमा, समाजमा केही त भएको छ तर, गति धिमा छ, प्राप्त भएका उपलब्धी संस्थागत तथा विधिमा वाँध्न सकिएको छैन ।

नेपाललाई स्वीजल्याण्ड वनाउने होईन नेपाललाई अष्ट्रेलिया वनाउने होईन, नेपाललाई सिगापुर वनाउने होईन नेपाललाई नेपाल वनाउनु पर्छ, नेपाली भुगोलको सापेक्षताम विकासको निति, नेपाली समाजको सापेक्षता आर्थिक र समृद्धिको निति अपाउनु पर्छ । विकशित राष्ट्रहरुको अनुकरण होईन अनुसरन गर्नु पर्छ । आफनो राष्ट्रिय नीति बन्नु पर्छ र समाज अगाडी बढ्छ हामी प्रत्येकम आफैमा करेक्सन हुनु जरुरी छ ।

डम्वर बहादुर सिह
सदस्य
केन्द्रिय स्थानिय विकास विभाग नेकपा एमाले





error: Content is protected !!