मोवाईल टर्चको भरमा प्रसुति सेवा

रामचन्द्र न्यौपाने
डोल्पा पौष १४ दुनै
यहाँको त्रिपुराकोट गाविस त्रिपुराकोट स्थित वडा नं २ बगरमा रहेको स्वास्थ्य चौकीमा बत्तीको सुविधा नहुँदा सुत्केरी गराउन समस्या भएको छ ।
स्वास्थ्य संस्थामा जडान गरिएको सोलारमा समस्या उत्पन्न भएपछि प्रसुति सेवा लिन आउने महिलाहरुलाई सुरक्षित सेवा दिन समस्या उत्पन्न भएको अ.न.मी सुष्मा न्यौपानेले बताउनुभयो ।
न्यौपानेका अनुसार “गाँउमा भएको बिद्युत लाईनपनि अस्पतालमा जडान गरिएको छैन्,भएको सोलार बिग्रेकाले चार महिना देखि मोवाईलको टर्चबाट काम चलाउनुपर्ने बाध्यता छ ।”
“हप्तामा दुईवटा सम्म गर्भवती महिला आउने गर्दछन् बत्तीको व्यबस्था नहुँदा साह्रै समस्या भएको छ,उहाँले भन्नुभयो ।“प्रसुति गराउने क्रममा एक पटक त एकजना अ.हे.व को मोबाईल समेत खसेर फुट्यो” उहाँले थप्नुभयो ।
यता स्वास्थ्य व्यबस्थापन समितले चासो नदिएकाले यस्तो समस्या आएको अ.हे.व हिम प्रसाद देबकोटाले बताउनुभयो ।
स्वास्थ्य चौकीमा आन्तरिक आर्थिक स्रोत नभएकाले बत्तीको व्यबस्थागर्न नसकिएको देबकोटाको भनाई छ ।




सम्बन्धित समाचार


error: Content is protected !!