अखिल (क्रान्तिकारी) को अध्यक्षमा अटल आचार्य असन्तुष्ट विद्यार्थीहरुले माईन्यूट च्याते

जाजरकोट , पुस ,१४ ।
अखिल क्रान्तिकारी जाजरकोटको अध्यक्षमा अटल आचार्यको नेतृतवमा ५९ सदस्यीय निर्वाचित भएका छन् । उपाध्यक्षमा कृष्णवहादुर सिंह,प्रेम खत्री,जनक वस्नेत, सहसचिवमा निर्जला आर सी,प्रकास न्यौपाने,लालवहादुर परियारर कोषाध्यक्षमा कृष्णा थापा निर्वाचित भएका छन् । तीन दिन सम्मा
चलेको सम्मेलनले वुधवार विहान नेतृत्व चयन गरिएको हो । यो नतिजालाई चित नवुझेका विद्यार्थीहरुले कार्यक्रम स्थलमा नारा,वाजी, सहित वैठकको माईन्यूट समेत च्यातेका छन् ।
प्रहरीको सहयोगमा सचिवालयको वैठक वसिरहेको छ । कार्यक्रमको पुर्वगृहमन्त्री शक्तिवहादुर वस्नेतले उद्घाटन गरेका थिए ।











