पन्छी संरक्षक गोविन्दले खु्ट्टा भाँचिएको हिमाली गिद्धको उपचार यसरी गरे

सक्ला, जाजरकोट पुस १४ । सिनो खाँदै गर्दा केटाकेटीले ढुंगाले हान्दा सक्ला २ कोलेनीमा लोपोन्मुख हिमाली गिद्ध गम्भीर घाईते भएको छ । घाइते भएर उड्न नसक्ने अवस्थामा पुगेपछि सिनो खाइरहेको कुकुरले टोक्दा खुट्टा पूर्ण रूपमा भाँचिएको थियो

गिद्धको एउटा खुट्टा भाँचिएर घाईते भएपछि पन्छि संरक्षण अभियन्ता गोविन्द सिंहले उपचारका लागि पशु सेवा केन्द्र सक्लामा लिएका थिए ।
gobindkपशु सेवा केन्द्रमा प्राथमिक उपचार गरेपछि गिद्धको अवस्था खतरामुक्त भएको पन्छि संरक्षण अभियन्ता सिंहले जानकारी दिए। उपचारपछि सिनो काटेर गिद्धलाई खुवाईएको सिंहको भनाई छ ।
विश्वमै लोपोन्मुख मानिएको हिमाली गिद्ध जाजरकोटमा मंसीर पहिलो सातामा ७५ वटा देखिएको सिंहले बताए । लोपोन्मुख हिमाली गिद्ध जाजरकोटमा भेटिए पनि यसको संरक्षणका लागि सम्बन्धित निकायबाट उचित पहल हुन सकेको छैन ।

ईखवरवाट




सम्बन्धित समाचार


error: Content is protected !!