सोलारको तार सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट

डिल्ली बहादुर थापा,
जाजरकोट १४ पौष । ढिमे ५ खुर्पामा मंगलबार सोलारको तार सर्ट भई आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । भने अन्दाजी १ लाख ५० हजार बराबरको क्षति भएको हो ।
नेपाल पत्रकार महासंघ जाजरकोटका सदस्य एवं ढिमे ५ खुर्पा निवासी कर्णबहादुर मिजारको घरमा दिउँसो ३ बजे तिर अचानक आगलागी भएको थियो । आगलागीबाट उनको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा १ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ ।
आगलागी प्रहरी चौकी पाँचकाटीयाबाट खटिएको प्रहरीको टोली र स्थानीयको सहयोगमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!