एकिकृत अखिल शिक्षक संगठनले शिक्षकलाई तालिम दिने

जाजरकोट , पुस, १३ । एकिकृत अखिल नेपाल शिक्षक संगठन जाजरकोटले विभिन्न विषयमा शिक्षकलाई तालिम दिने भएको छ । संगठनको आज वसेको वैठकले अंग्रेजी,गणीत र विज्ञान विषयको शिक्षकलाई तालिम दिने निर्णय गरेको अध्यक्ष तिलक खत्रीले जानकारी दिए ।

केन्द्रवाट दक्ष र अनुभवी प्रशिक्षक वोलाएर माघको पहिलो हप्ता तालिम दिन लागेको खत्रीको भनाई छ । संगठनले शिक्षकका विभिन्न प्रकारलाई समान सेवा दिन सरकार संग माग पनि गरेको छ । पेशा गत हकहितका लागी शिक्षकहरुलाई गोलवन्द गदै प्रस्तावित गाउँ पालिका र नगरपालिकामा संगठन विस्तार गर्ने निर्णय समेत गरेको छ । कार्यक्रममा पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतले शिक्षकलाई उदाहरणीय काम गर्न सुझाव दिएका छन् । हामी अरु भन्दा फरक शिक्षक भएर प्रस्तुत हुँनुपर्नेमा जोड दिदै समाज रुपान्तरणमा शिक्षकको भुमिका महत्वपुर्ण उनको भनाई छ ।

अवको केही दिनमै राष्टिय सहमती भएर देश चुनावमा जाँने वस्नेतले वताए । संविधान कार्यान्वय गर्नका लागी चुनावमा जाँनै पर्ने उनको जिकिर छ ।




सम्बन्धित समाचार


error: Content is protected !!