सदभाब सम्बन्धि अभिमुखीकरण

हेमन्तराज काफ्ले
वाँके पुस १३ । युएनडिपिको आयोजनामा आज नेपालगन्जको व्राइटल्याण्ड र सीटिकलेजका विद्यार्थिहरुलाई सामाजीक सदभावमा युवाहरुको दायीत्वको विषयमा प्रक्षिक्षण दिइएको छ ।
स्नातक तहमा अध्यनरत व्राइटल्याण्डका ५४ जना विद्यार्थी र सीटिकलेजका ७६ जना विद्यार्थीहरुलाई सो विषयमा प्रशिक्षण दिइएको हो । युएनडिपिका सतिस पाण्डेले कार्यक्रमको उद्येश्यमाथि प्रकाश पार्नुभएको थियो उहाँ ले युवा भनेको देश बिकासको मेरुदण्ड हो आज युवाहरु नै गलत कार्यहरुमा बढी लाग्ने र समाजमा जति घटनाहरु घट्छ्न तिनीमा अत्याधिक युवा नै सामेल भएका हुन्छ्न त्यसैले युवाहरुको माझमा हामिले कलेज कलेजमा यो एउटा अभियानको रुपमा ल्याएका छौ लाग्छ ।
यसले विद्यार्थीहरुलाई सकारात्मक सोच निर्माण गर्न मद्दतल पुग्ने छ। कलेजहरुका बिद्यार्थीहरुलाई पत्रकार जनक नेपालले सहजीकरण गर्नुभएको थियो।










