स्वच्छता कार्यक्रमको वार्षिक समिक्षा सम्पन्न

मिना विसी
जाजरकोट, पुस १२ ।
नेपाल रेडक्रस सोसाइटी जाजरकोटले खानेपानी र सरसफाईका क्षेत्रमा २०१६ मा गरेका कामको समिक्षा गरेको छ । सोसाईटीले सन् २०१६ मा जिल्लाका लहँ, पैंक र अर्छानी गाउँ विकास समितिमा संचालन गरेको सामुदायिक स्वास्थ्य र खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रम अन्र्तगत गरिएका गतिविधीहरुको समिक्षा गरिएको हो ।
समिक्षा कार्यक्रममा एचआईभी मेला, स्वास्थ्य व्यवस्थापन समितिको शसक्तिकरण, आमा समूहमा घुम्तीकोष लगानी, संस्थागत शौचालय निर्माण, खानेपानी आयोजना निर्माण र गाउँघर क्लनिक भवन निर्माण जस्ता मूख्य उपलब्धी हासिल गरिएको रेडक्रसले जनाएको छ । वार्षिक प्रगती प्रस्तुत गर्दै कार्यक्रमका जिल्ला संयोजक छबि पन्तले अति गरिब ७० घरपरिवारलाई हात धुने स्थान निर्माण, एक सय दुई घरधुरीलाई सिमेन्ट, पाईप र प्यान प्रदान गरिएको बताए ।
उनले यसवर्ष सम्पन्न हुन नसकेका काम आगामी वर्षमा सम्पन्न गरिने समेत बताए । समिक्षा कार्यक्रममा सामुदायिक स्वास्थ्य र खानेपानी तथा सरसफाई स्वच्छता कार्यक्रको क्षेत्र विस्तार गरिनुपर्ने, साझेदारीमा काम गर्नुपर्ने, खानेपानी आयोजनाहरुलाई निर्माण पश्चात अपनत्व गराउन गाविसले मूख्य जिम्मेवारी निर्वाह गर्नुपर्ने लगायतका सुझाव दिइएको छ छ । कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जनकराज शर्मा, निमित्त स्थानीय विकास अधिकारी गणेश खनाल, जिल्ला स्वास्थ्य प्रमुख धीरजंग शाह, स्वास्थ्य चौकीका प्रमुख, गाविस सचिव, महिला स्वास्थ्य स्वयम्सेविका, आमा समूह, खानेपानी समूह, रेडक्रसका उपशाखाका प्रतिनिधी लगायत लगी ३६ जनाको उपस्थिती रहेको थियो ।





error: Content is protected !!