वैशाखको अन्तिम सातामा चुनावको मिति घोषण हुँने — प्रधानमन्त्री प्रचण्ड

हेमन्त के सी

Hemant KC को फोटो।

सुर्खेत ,पुस, ५ । वैशाखको अन्तिम साता तीर चुनावको मिति घोषणा हुँने प्रधानननत्री पुष्पकमल दाहाल प्रचण्डले वताउनुभयो । प्रेस सेन्टर ६ न. प्रदेशले सुर्खेतमा गरेको पत्रकार सम्मलेनमा वोल्दा प्रधानमन्त्री प्रचण्डले यस्तो वताउनुभएको हो ।

मधेसी,थारु,जनजाती लगाएतका सवै वर्गलाई समटेर मात्र सविधान कायन्वयन हुँने भएका कारण आफुले संसदमा विधेयक दत्र्ता गएको वताउनुभयो । अहिलेको संविधानलाई सवैले अपनत्व नगरेका कारण सवैलाई समेट्नका लागी र छिटो देशलाई निर्वाचनमा लिन पहल जारी रहेको उहाँका भनाई छ । एमालले संसद अवरुद्ध गर्नभन्दा संसदमा दत्ता भएको विधेयक फेल गराएर अगाडी वढ्न दाहालको सुधाव छ । स्थानीय तहकै चुवान पहिला गराउने तयारीमा सरकार रहेको उहाँको भनाई छ । स्थानीय निकायको चुनाव गरेपछि मात्र संविधान पुर्णरुपमा कार्यन्वयन हुँने उहाँको भनाई छ । सुर्खेतका वाढी पिडितको सहयोगका लागी मन्त्री परिषदवाट काम अगाडी वढीसकेको समेत वताउनुभयो । प्रधानमन्त्री प्रचण्ड ६ नं प्रदेशका कार्यक्रताको प्रशिक्षणमा भाग लिन सुर्खेत आउनु भएको थियो ।

कार्यक्रममा पुर्ण गृहमन्त्री तथा ६ नं प्रदेशका ईन्जार्च शक्तिवहादुर वस्नेतको पनि सहभागीता रहेको थियो । अव ६ न. प्रदेशलाई विकासको मुल धारमा ल्याई यहाँका जनतालाई विकासको अनुभती गर्न पाउँने गरी माओवादी लागेको वस्नेतले वताउनुभयो ।

प्रधानमन्त्रीलाई बाढी पीडितको ज्ञापन पत्र
पार्टीको कर्णाली ६ नं. प्रदेशको बैठक तथा प्रशिक्षणमा सहभागी हुने यहाँको वीरेन्द्रनगर आएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई यहाँका बाढी पीडितहरुले ज्ञापन पत्र बुझाएका छन् ।

२०७१ सालको बाढीबाट पीडित बनेका उनीहरुले आफूहरुलाई भुकम्प पीडित बराबर राहत पाउने खबरले आशावादी बनाएको भन्दै जग्गा खरिदका लागि रकम अपुग भएकोले रकम बढाइदिन माग गरेका छन् ।

बाढी पीडितले जग्गा खरिदका लागि पुग्ने गरी रकम व्यवस्था गर्नुपर्ने, घर बनाउनका लागि दिइने रकम एकमुष्ट उपलब्ध गराउनुपर्ने, सरकारी राहतको भर नपरी ऋण गरेर घर बनाइसकेकाहरुलाई तुरुन्तै पुरै रकम निकासी दिनुपर्ने, लामो समयदेखि जोतभोग गर्दै आइरहेकाहरुर्ला ऐलानी जग्गा खरिद गरी वा आफन्तबाट लिइ घर निर्माण गरिसकेका बिस्तावितहरुलाई दिने भनी स्वीकृत भएको रकम उपलब्ध गराउनुपर्ने माग राखेका छन् ।

चार जिल्ला बाढिपीडित समन्वय समितिका संयोजक बलबहादुर थापाले प्रधानमन्त्री दाहाललाई ज्ञापनपत्र बुझाउँदै विभिन्न संघसंस्थाको आर्थिक सहयोगमा आवास निर्माण गरी बसेका विस्थापतहरुलाई पनि अन्य पीडित सरह राहतको व्यवस्था हुनुपर्ने बताए ।

आंशिक क्षेती भएका परिवारहरुका लागि र्निारण गरिएको रकम तुरुन्त वितरण गर्नुपर्ने र छुटेका पीडितहरुको पुनरमूल्याङकन गरी राहत प्रक्रियामा समाबेश गरिनुपर्ने माग बाढी पीडितको छ ।

वीरेन्द्रनगर आएका प्रधानमन्त्री दाहाललाई अटो व्यवसायी संघ सुर्खेतले पनि सुर्खेतमा अटो भिलेज निर्माणका लागि सहयोग गरिदिन भन्दै ज्ञापनपत्र बुझाएको छ ।
प्रदेश पोष्ट





error: Content is protected !!