ओनसरीले बोलाएको बैठकमा शेरबहादुर र बामदेवबीच झण्डै हानाहान !

काठमाण्डौ , ४ पुस– सभामुख ओनसरी घर्तीको पहलमा सोमबार सिंहदरबारमा बसेको प्रमुख तभभल(मबतिीन दलका शीर्ष नेताको बैठकमा सत्तारुढ काँग्रेस सभापति शेरबहादुर देउवा र एमाले उपाध्यक्ष बामदेव गौतमबीच चर्काचर्की भएको छ ।
बैठकमा देउवाले एमालेले संविधान संशोधन विधेयक प्रक्रियामा लान नदिने अड्डी कसेर अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेको आरोप लगाएपछि गौतम प्रतिवादमा उत्रिएका थिए । उनले राष्ट्रघाती विधेयक संसदमा पेस हुन नदिने चेतावनी दिए ।
जवाफमा देउवाले हिमाल, पहाड, तराई एकताबद्ध नगरी कसरी राष्ट्रियता बलियो हुन्छ भन्ने प्रश्न गरे । देउवाले तत्कालिन काँग्रेस सभापति सुशील कोइराला र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेर संवैधानिक समितिमा पेस गरेको प्रस्तावकै आधारमा पाँच नम्बर प्रदेशको सिमाङ्कन मिलाउन खोजेको भन्दै भोटका लागि राष्ट्रवादको कुरा नगर्न भने ।
‘संवैधानिक समितिमा सुशील कोइराला र केपी ओलीले संयुक्त रुपमा पेस गरेको प्रस्तावमा ओलीले हरेक पानामा सही गर्नुभएको छ’, देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भेरीखवरलाई भन्यो, ‘त्यतिबेला राष्ट्रवादी भएको प्रस्ताव अहिले कसरी राष्ट्रघाती भयो । यसरी भोटको राजनीतिका लागि राष्ट्रियताको बहस नगरौं ।’


जवाफमा बामदेवले सरकारले पेस गरेको संशोधन विधेयक मुलुक र राष्ट्रियताको विपक्षमा रहेकाले छलफल गर्न लायकै नरहेको टिप्पणी गरे । उनले सरकारले जबर्जस्ती संसदमा प्रक्रिया अघि बढाए संसदमै द्वन्द्व हुन सक्ने चेतावनी दिए ।
‘यो विधेयक छलफल गर्न लायकको छैन’, गौतमले भने, ‘प्रतिपक्षको कुरा नसुनी जबर्जस्ती ल्याए रक्तपात हुन सक्छ ।’ गौतमले संघीयताकै कारण मिलेर बसेका जनताबीच फाटो पैदा गरेकाले उक्त एजेण्डाबाटपछि फर्कनुपर्ने धारणा समेत राखेको बैठकका एक सहभागीले बताए ।





error: Content is protected !!