गर्भवती महिलालाई लक्षितगर्दै निशुल्क भिडियो एक्स—रे सेवा

रामचन्द्र न्यौपाने
डोल्पा पुष ३ दुनै

यहाँका ग्रामिण भेगमा बसोबासगर्ने गर्भवती महिलालाई लक्षित गर्दै पाँच गाविसमा निशुल्क भिडियो एक्स—रे सेवा शिविर संञ्चालन गरिएको छ ।

दुर्गमका महिलाहरुको स्वास्थ्य अवस्थालाई मध्येनजर राख्दै आमा र शिशुको अवस्थाको पुर्व जानकारी लिई आवाश्यक सल्लाह सुझाव दिनकोलागि शिविर संञ्चालन गरिएको जिल्ला अस्पतालका डाक्टर श्रीकान्त अग्रवालले बताउनुभयो।
मध्ये डोल्पाका त्रिपुराकोट,पहाडा,लिकु,जुफाल र सुँ गाविसका एक सय धेरै गर्भवती महिलाहरुलाई सेवा दिने लक्ष्य रहेको जिल्ला अस्पताल डोल्पाले जनाएको छ ।

सुरक्षित मातृत्व अन्र्तगत निशुल्क अल्ट्रासाउण्ड सेवा दिन गाँउ गाँउमा स्वास्यकर्मीहरु खटिएको अग्रवालले बताउनुभयो ।
यस कार्यक्रमले असुरक्षित गर्भअवस्थाको पहिचाहान गरि समयमै सफल प्रसुतिकोलागि सुविधायुक्त अस्पतालमा जानुपर्ने सल्लाह सुझाव दिने भएकाले अकालमै ज्यान गुमाउने गरेका डोल्पाली महिलाकालागि खुशिको कुरा भएको समेत उहाँले बताउनुभयो ।
भिडियो एक्स—रे गर्ने क्रममा स्थास्थ्य शिक्षा नियम अनुसार असुरक्षित मानिएको २० बर्ष तलका र चालीस बर्ष माथिका महिलाहरु समेत गर्भवती भएको पाईएको शिविरमा खटिएकी सिनियर अनमी गंगा ओझाले बताउनुभयो ।
शिविरमा यहाँका अधिकाशं गर्भवती महिलाहरुले पटक पटक स्वास्थ्य जाँच नगराउने गरेको पाईएको समेत उहाँले बताउनुभयो ।

बिभिन्न गाविसमा गरिएको शिविरमा त्रिपुराकोटमा २८,जुफालमा १५ र सुँ मा २४ जना गभएवती महिलाको भिडियो एक्स—रे गरिएकोमा सबैजसोको स्वास्थ्य अवस्था सामान्य रहेको र सुँ गाविसका दुई वटा महिलाको पेटमा उल्टो बच्चा रहेको पाईएकाले समयमै उपचारकोलागि जिल्ला बाहिर जान सल्लाह दिएको समेत उहाँले बताउनुभयो ।
जिल्ला अस्पतालमा समेत मुश्किलले पाईने भिडियो एक्स—रे सेवा गाँउमै निशुल्क पाईएकाले सबै महिलाहरु खुशि भएको वडा नं ९ कि स्वास्थ्य स्वयमं सेवीका चन्द्रामती लामाले बताउनुभयो ।





error: Content is protected !!