वर्षेनी योजना थपिए तर जनताले पानी खाना पाएन्न

जाजरकोट (हल्चौर),पुस, ३ । यहाँका ग्रामीण क्षेत्रमा वर्षेनी निर्माण हुँने खानेपानीका योजनाहरु दिगो नहुँदा करोडौ रकम खेर गएको छ । वर्षेनी एकै ठाउँमा थुपारे पनि जनताहरुले भने पानी खाना पाएका छैन्न ।
आवश्यकता भन्दा नेताहरुको विचारले काम गर्ने र योजनाहरु पुरा निर्माण नगरी रकम हिनामिना गरी विचैमा छाड्ने चलनले गर्दा ग्रामीण क्षेत्रका स्थानीयहरु पानी खाना वाट वन्चित भएका हुँन् । जिल्लाको खगेनकोट ५ र ६ मा २०५६ साल यता ४ वटा खानेपानी योजना निर्माण भइसकेका छन् तर यहाँका जनताहरुले अहिले सम्म प्रभावकारी रुपमा पानी खाना नपाएको खगेनकोट ५ का नेववहादुर खत्रीले गुनासो गर्नुभयो ।
यो गाउँमा चार भन्दा वढी योजना सञ्चालन गरी करोड भन्दा वढी रकम खर्च भईसकेको छ । यो गाउँमा सञ्चालनमा ल्याईएका यी खानेपानीको योजनाको मर्मत चार पटक भईसकेको छ । चार पटक सम्मा योजना निर्माण भएको यो गाउँमा अहिले न पाईप भेटिन्छ न त पिउने भरपर्दो पानी नै ? त्यस्तै यहि गाविसको वडा नं ७ गरालामा तीन पटक खानेपानीको योजना निर्माण गरिएको छ ।
गरालामा निर्माण गरिएको योजनाको अहिले स्थानीयहरुले पानी पिउँन प्रयोग गरिएको पाईप समेत घर घरमा ल्याएर टुक्रा ,टुक्रा वनाई राखेका छन् । टुक्रा टुक्रा परेको पाईप पानी पीउन भन्दा घरको कुनामा थनक्याएपछि यहाँका स्थानीयहरु पानी पिउन वाट वन्चित भएका छन् । यी त सामान्य उदारहण मात्र हुँन । जिल्लाका अधिकांश ठाउँमा निर्माण गरिएका योजनामा दिगोपन नहुँनु , स्थानीयको हेरचाह नपाउँनु , योजना निर्माण गर्दा गदै विचैमा छाड्नु जस्ता समस्यले गर्दा समस्य जहाँको त्यही रहेको नागरिक अगुवा राजेन्द्र विक्रम शाह ले वताउनुभयो ।
वर्षेनि जिल्लामा दर्जनौ आयोजना निर्माण भएपनि काम भरी नाफा मुखी भएका कारण दिगो नहुँदा करोडौ रकम फजुलामा खर्च भएको नागरिक अगुवा शाहको आरोप छ ।










