सोलार वाट आगलागी हुँदा घर जल्यो

जाजरकोट , पुस १ । यहाँको एक दलित परिवारको आगलागीका कारण घर पुर्ण रुपमा जलेपछि विचल्ली भएको छ । जिल्लाको रामीडाडाँ गाविस वडा ८ छेडा स्थित जीतवहादुर परियारको घरमा आगलागी हुँदा घर भित्र रहेका लत्ता ,कपडा,अन्न,भाँडाकुडा, र घर पुर्ण रुपमा जलेको स्थानीय सञ्चारकर्मी कालीप्रसाद थापाले जानकारी दिनुभयो ।
जीतवहादुरका वच्चाहरुले सोलारको तार सुक्रवार विहान चलाउदा माईनस,प्लस जुज्धा घरमा आगलागी भएको ईलाका प्रहरी कार्यालय वारेकोटले जनाएको छ । पुसको चिसो र घरमा कपडा सिलाए वापत उठाएको अन्न र घर सवै जलेपछि परियार परिवार विचल्लीमा परेको छ । जाजरकोटको सवै भन्दा वढी रामीडाडाँ गाविसमा चिसो हुँने गर्दछ ।
अर्काको कपडा सिलाए वाफत दिएको अन्नले दैनिक छाकटार्ने परियारलाई अव घर वनाउने र सवै जहान कसरी पाल्ने चिन्ताले सताएको छ । अव दैनिक कपडा सिलाउने मेसिन पनि जल्दा गी खाने हाँतै भाँचिएको उहाँको भनाई छ ।
हेमन्त के सी ,रासस जाजरकोट








