तीन हप्ता देखी टेलिफोन सेवा वाट वन्चित

telephone-012जाजरकोट, पुस १ । यहाँका पुर्वी क्षेत्रका स्थानीयहरु तीन हप्ता देखी टेलिफोन सेवावाट वन्चित भएका छन् । रुकुमको घेत्मामा रहेको नमस्ते जिएस एम प्राविधीको टावरमा खरावी आएपछि तीन हप्ता देखी यहाँका स्थानीयहरु सञ्चार सेवावाट वन्चित भएका हुँन् ।

जिल्लाका रग्दा,खगेनकोट,लहँ,डाडागाउँ,सक्ला,आठविसकोट,आठविसडाडागाउँ,खदी,गोतामकोट लगाएका गाविसका हजारौ स्थानीयहरु टेलिफोन सेवा वाट वन्चित भएका छन् । टेलिफोन सेवा अवरोध संगै यस क्षेत्रमा रहेका आईएमई सेन्टरहरुको सेवा समेत प्रभावित भएको छ । यत्ता नेपाल टेलिकम जाजरकोटले भने मर्मतका लागी प्राविधिक खटाएको भने पनि घेत्माको टावर आएको खरावीले समस्य हल हुँन सकेको छैन् ।

तीन हप्ता सम्मा पनि सरोकारवाला निकाय गम्भिर नभएका भन्दै स्थानीयहरु आक्रोषित भएको पंञ्च भयार माविका प्रधानाध्यापक हुमप्रकास सिंहले वताउनुभयो । ग्रामीण क्षेत्रका टावरहरु घाम लागेपछि मात्र सञ्चालन हुँने गरेका छन् ।





error: Content is protected !!