यस्तो थियो अर्जुन खालिङको विगत (फोटो फिचर)

काठमाडौं :  प्रतिभावान् कलाकार तथा साहित्यकार अर्जुन खालिङ मृत फेला परेका छन् । बुधबार दिउँसो कोटेश्वरस्थित आफ्नै डेरामा उनी झुन्डिएको अवस्थामा मृत फेला परेको परिवारजनले जनाएको छ ।

सोलुखुम्बु जुभिङ स्थायी घर भएका खालिङ त्रिभुवन विश्वविद्यालयबाट ललितकला विधामा २०५८ सालको ‘गोल्ड मेडलिस्ट’ थिए । स्नातकोत्तर सकेर व्यावसायिक पेन्टिङमा लागेका उनी अहिले आदिवासी जनजातिको आवाजलाई क्यान्भासमा उतार्ने अभियानमा थिए । उनले किराती पुर्खा तयामा, खियामा र रैछाकुलेको स्केच (चित्र) बनाएका थिए । उनको ‘गोयाङको सुगन्ध’ र ‘सूर्य डढिरहेछ’ कवितासंग्रह प्रकाशित छन् । सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङको विषय बनाएर उनले सैयौं चर्चित पेन्टिङहरु गरेका थिए । खालिङ केही समयअघिसम्म पेन्टिङ बिषयमा अध्यापन गराउँथे ।

जुभिङदेखी काठमाडौंसम्म

तीन दर्जन प्रदर्शनीमा सहभागी भइसकेका अर्जुनले ‘पेन्टिङ–संघर्ष’ कालमा सोलुखुम्बुको लुक्ला र मुस्ताङको जोमसोममा आर्ट ग्यालरी खोलेका थिए । त्यसपछि उनले काठमाडौंको बौद्धमा ग्यालरी चलाए। यसपछि उनले सीमान्तकृतहरूको पहिचानलाई पेन्टिङ बिषय बनाएर अभियान्ताको रुपमा सक्रिय थिए । ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ उनकै परिकल्पना हो ।  उनी राम्रा कलाकार र कवि मात्रै थिएनन्, सांस्कृतिक अभियान्ता समेत थिए ।  ‘चिन्डो बुक्स’, ‘चिन्डो फेसन’ यी अभियान अन्र्तगत उनले केही साथीहरु सहित सुरु गरेका थिए ।

उनी पछिल्लो समय संघीय समाजवादी फोरमको संघीय सांस्कृतिक महासंघका महासचिव थिए । मृत्युको कारणबारे विवरण आउन सकेको छैन । प्राध्यापनपछि उनी पछिल्लो समय चिन्डो प्रा.लि.का अध्यक्ष थिए । उनी फेसनमार्फत् किराती संस्कृतिलाई प्रर्बद्धनमा गर्न लागि परेका थिए ।

उनको मृत्युको कारण भने अझैं खुलेको छैन । स्रोतका अनुसार उनी झुन्डिएको अवस्थामा डेरामा भेटिएका थिए । उनको पोष्टपार्टमको लागि शिक्षण अस्पताल लगिएको छ ।

हेर्नुहोस् उनका केही तस्बिरहरु :-

arjun-rai-1

arjun-rai-2

arjun-khaling-2

arjun-khaling-1

arjun-khaling-3

arjun-khaling-4

arjun-khaling-5arjun-khaling-6arjun-khaling-7

arjun-khaling-8

arjun-khaling-9

arjun-khaling-10

arjun-khaling-11

arjun-khaling-12

arjun-khaling-13

arjun-khaling-14

arjun-khaling-15

arjun-khaling-16

arjun-khaling-17

arjun-khaling-18

arjun-khaling-19

arjun-khaling-20

arjun-khaling-21

arjun-khaling-22

arjun-khaling-23

arjun-khaling-24

arjun-khaling-25

यसमा तपाईको प्रतिक्रिया

– See more at: http://www.nayapage.com/?p=133354#sthash.RGTa4pBc.dpuf





error: Content is protected !!