प्रचण्ड सरकारका मन्त्री : करोडपतिदेखि ऋणमा डुबेकासम्म

काठमाडौं ३० मंसीर । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको मन्त्रीपषिदको मन्त्रीहरु करोडपतिदेखि ऋणमा डुबेकासम्म रहेको खुलेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरण अनुसार यस्तो भेटिएको हो ।

prachanda-sampati

प्रधानमन्त्रीले आफ्नो सम्पत्तिको नाममा तीन तोला सुन र एक कठ्ठा जग्गा मात्रै रहेको सार्वजनिक गरेका छन् । तर उनका केही मन्त्रीहरुको सम्पत्ति विवरण हेर्ने हो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । विशेषगरी माओवादी केन्द्रका भन्दा नेपाली काँग्रेस र राप्रपाका मन्त्रीहरु करोडपति देखिएका छन् ।

काँग्रेस नेता एवं उपप्रधान तथा गृहमन्त्री बिमलेन्द्र निधिले पनि करोडौं सम्पत्ति देखाएका छन् । उनीसँग झण्डै ६ बिगाहा जग्गा रहेको छ । ६० तोला सुन, १ सय ५० तोला चाँदी र ११ झण्डै ११ लाख नगदसहित विभिन्न बैंकमा लाखौं रकम मौज्दात रहेको छ ।

bimalendra-sampatiअर्का उपप्रधानमन्त्री कृष्णबहादुर महरासँग रोल्पामा ८ रोपनी सुख्खा पाखो र बैंकमा ८० हजार रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । यस्तै अमेरिकामा समेत घरजग्गा जोडेका भूमिसुधार मन्त्री विक्रम पाण्डे करोडौंका मालिक देखिएका छन् । उनीसँग शेयरको चाङ नै देखिएको छ ।

gagan-sampati-1

उनको प्राइम, ग्लोबल, एभरेष्ट लगायतका विभिन्न बैंकमा गरी मन्त्री पाण्डेको करीव ७ करोडको शेयर लगानी रहेको विवरणमा देखिन्छ । त्यसैगरी कालिका पावर, कालिका इनर्जी र कालिका कन्सट्रक्सन कम्पनीका मालिक पाण्डेको त्यहाँको लगानी सबै गरेर २७ करोड रुपैयाँको शेयर देखाइएको छ ।

 

शहरी विकास मन्त्री अर्जुन नरसिंह केसीले आफूसँग ५० तोला सुन, ५ सय २५ तोला चाँदी, काठमाडौं र नुवाकोटमा गरी चारवटा घर र विभिन्न बैंकमा गरी डेढ करोड रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् ।

परराष्ट्र मन्त्री डाक्टर प्रकाशशरण महतको नुवाकोटामा ५० रोपनी, झापामा ५ विघा ४ कठ्ठा, इलाममा १० रोपनी ,काठमाडौंमा २० आना जग्गा रहेको छ । उनीसँग ३० तोला सुन, १२ सय तोला चाँदी, ५२ लाख भन्दा बढी नगद बैंकमा रहेको विवरणमा उल्लेख छ । रक्षा मन्त्री बालकृष्ण खाँडको पनि विभिन्न २१ ठाउँमा जग्गा रहेको छ । लाखौं रकम बैंकमा मौज्दात हुनुका साथै ४० तोला सुन र ६० तोला चाँदी उल्लेख गरिएको छ ।

उद्योग मन्त्री नविन्द्रराज जोशीसँग सुन मात्रै एक सय तोला, हिरा, मणि माणिक तथा मोती र मुगाका गरगहना रहेको उल्लेख गरेका छन् ।

यि हुन् ऋणमा डुबेका मन्त्री

daljeet shirpali 1

वर्तमान सरकारका यूवा तथा खेलकुद मन्त्री दलजित बिके श्रीपाली ऋणमा डुबेको देखिएको छ । सार्वजनिक सम्पत्ति विवरण अनुसार उनले आफ्नी श्रीमती सुनकुमारीको किड्नी फेल भइ उपचारमा लिएको ऋण तिर्न बाँकी रहेको देखाएका छन् ।

daljit-bk-sampati-1png

विभिन्न व्यक्तिसँग लिएको ७ लाख ऋण तिर्न बाँकी रहेको उनले देखाएका छन् । चार लाख रुपैयाँ ऋण भने उनले तिरसकेको देखाएका छन् । उनको तीनवटा बैंकमा गरी ३ हजार ३ सय १४ रुपैयाँ मात्रै बैंक मौज्दात देखाइएको छ । nepaliheadlines 





error: Content is protected !!