कमल थापाले माँगे उपप्रधानमन्त्रीसहित ५ मन्त्रालय !

prachanda-and-kamal-thapa-555x335काठमाडौं, २७ मंसिर । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकारमा आफ्नो पार्टीको भूमिका फराकिला बनाउने हो भने उपप्रधानमन्त्री सहित थप तीन मन्त्रालय दिनुपर्ने माग गरेका छन् ।

स्रोतका अनुसार सरकारले रापप्रपालाई थप मन्त्रालय दिने तयारी गरेपछि राप्रपा अध्यक्ष थापाले यस्तो प्रस्ताव राखेका हुन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो पार्टीलाई ५ मन्त्रालय दिनुपर्ने प्रस्ताव गरेका छन् । अहिले राप्रपाबाट सरकारमा दुई जना मन्त्रीहरु छन् । अब तीन वटा मन्त्रालय दिनुपर्ने थापाको अडान छ ।

थापाले आफूलाई उपप्रधानसहित परराष्ट्रमन्त्रालय दिन आग्रह गरेका छन् । त्यस्तै राप्रपाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय पनि माँगेको छ । स्रोतका अनुसार राप्रपाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रीको जिम्मेवारी प्रमुख सचेतक दिलनाथ गिरीलाई दिने तयारी गरेको छ ।

राप्रपा नेपाल र राप्रपावीच एकता भए यता संसदमा अहिले राप्रपाको सख्या ३७ पुगेको छ । प्रधानमन्त्री दाहालले भने संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावलाई पारित गर्नको लागि पनि राप्रपाको महत्वपूर्ण भूमिका हुने भएकाले राप्रपाले भनेबमोजिम नै मन्त्रालयहरु दिने तयारी थालेका छन् ।





error: Content is protected !!