युवतीको रहस्यमय मृत्यु

महोत्तरी(गौशाला), २६ मङ्सिर । जिल्लाको महोत्तरी गाविस– ६ अनैठा गाविस निवासी नागेन्द्र चौधरीकी १५ वर्षीया सीमाकुमारी चौधरीको मृत्युमा प्रहरीले आशंका गरेको छ
मृतक युवतीको शव उनी सुत्ने कोठामा सलको पासो लगाई झुन्डिरहेको अवस्थामा प्रहरीले आज बिहान बरामद गरेको प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायले जानकारी दिनुभयो ।
परिवारले युवती आफँैले सलको पासो लगाई आत्महत्या गरेको बताएका छन्् भने घटना रहस्यमय भएकाले अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । रासस










