बालुवाटार पुगेरै बैद्यले प्रचण्डलाई जन्मदिनको शुभकामना दिए

काठमाडौं, २६ मंसिर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यबीच भेट बार्ता भएको छ ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा समसामयिक राजनीतिक विषयमा कुराकानी भएको थियो ।
भेटका क्रममा क्रान्तिकारी माओवादीका अध्यक्ष वैद्यले प्रधानमन्त्री प्रचण्डलाई ६२ औं जन्मदिनको शुभकामना व्यक्त गरेका थिए ।
सो अवसरमा प्रधानमन्त्रीले जन्मदिनको शुभकामना दिनुभएकोमा नेता वैद्यलाई धन्यवाद दिँदै समसामयिक राजनीतिक विषयमा सरकारले लिएका निर्णयहरुबारे अवगत गराएका थिए ।










