भारतमा भएको सवारी दुर्घटना, चार नेपाली बेपत्ता

bus-accident-1प्यूठान  ।  भारतको केरला एर्णाकुलम जिल्ला र आलापूणा जिल्लाको सिमानामा नेपाली मजदुर सवार यात्रुबाहक बस दुर्घटना हुँदा चार नेपाली बेपत्ता भएका छन्।

एउटै ठाउँमा दिनभरिको काम सकेर बेलुका कम्पनीको गाडीमा फर्कने क्रममा पुलबाट बस नदीमा खसेको थियो। त्यस बसमा आठ नेपाली र सवारीचालक परेको दुर्घटनास्थलमा पुगेका प्यूठान बेलाबास–७ का चेतनारायण घिमिरेले जानकारी दिए। दुर्घटनामा परी प्यूठान खाल–१ का गोमन घर्ती र श्यामबहादुर पुन, खाल–९ का हिमलाल तिर्के र रोल्पा घोडागाउँका मधु केसी बेपत्ता भएका छन्।

दुर्घटनामा परेका भिंगृ–६ प्यूठानका पदमबहादुर रोका, भिंगृ–८ का जङ्गबहादुर विक र उक्टबहादुर आले, भिंगृ–४ का सुरेश रोकालाई माछा मार्ने स्थानीयवासीले उद्धार गरेका छन्। दुर्घटनास्थलमा अहिले बेपत्ताको खोजी जारी रहेको मूलप्रवाह अखिल भारत नेपाली एकता समाज कोचिन नगर समितिले जनाएको छ।

उद्धार र बेपत्ताको खोजीका लागि नगर सहसचिव रमेश नागरी, सदस्य बाबुराम केसी र शेरबहादुर विक नेतृत्वमा नेपालीहरु घटनास्थलमा पुगेका छन्।





error: Content is protected !!