कार दुर्घटनामा परी अमेरिकामा चार नेपालीको मृत्यु

car-accident-1000x0न्यूयोर्क । जर्जिया राज्यमा गतशुक्रबार भएको एक सडक दुर्घटनामा चार जना नेपालीको मृत्य भएको छ । उक्त कारमा सवारी ६ जना मध्ये २ जनाको स्थानीय अस्पतालमा उपचार भै रहेको जानकारी जर्जिया जेफर्सन काउन्टीका मृत्यु समीक्षकले दिएका छन् ।

पारिवारिक सुत्र अनुसार उक्त दुर्घटना परि निधन हुनेहरुमा गुल्मी घर भई हाल काठमान्डौ अनामनगर बस्नु हुने चिरन्जीबी खनाल ,उनकी पत्नी तथा दुई बुहारीको घटनास्थल मै मृत्यु भएको खबर छ । पछाडी बस्ने चार जना सबै जनाको मृत्यु भएको बुझिएको छ । गाडीको अगाडी बस्ने सवार हुने समिर खनाल तथा सुबाश खनाल घाइते भएका छन् तर खतरा मुक्त भएको जानकारी प्राप्त भएको छ ।

गाडीको पछाडी बस्ने पिता चिरन्जीवी खनाल तथा वहाकी धर्म पत्नी श्यामा खनाल ,बुहारी रिचा खनाल पन्त तथा समिरकि प्रेमिकाको मृत्यु भएको छ िमृत्यु हुने उक्त परिवारले यस बर्षको तिहार भर्जिनियामा मनाएको कुरा भर्जिनियामा बसोबास गर्ने आफन्तले बताएका छन् । लक्ष्मी पूजाको दिन आफुसंग बिताएको जानकारी नाम उल्लेख नगर्न आग्रह गर्दै उक्त जानकारी दिएका हुन् । उनले प्रहरीको सम्पूर्ण बिबरण आए पछि अन्य थप जानकारी दिने बताए ।

रातको नौ बजे खनाल परिवार सवार कार ‘२९६’नामक राजमार्ग बाट जर्जियाकोउत्तरी दिशातर्फ गईरहेको अवस्थामा राजमार्ग‘८८’मामालबाहक ट्रकसँग ठोक्किएको थियो । जेर्फसन काउन्टीका अधिकारी ईडवार्ड जेम्सलाई उदृत गर्दै स्थानीयमिडियाका अनुसारट्रकचालकले सडकमा अकस्मात अगाडी देखिएको कारलाई बचाउन खोजे पनि दुर्घटना भएको थियो ।

ट्रक चालक सामान्य घाइते भएका छन् । घटनाको कारण बारे छानबिन थालेको काउन्टीले जनाएको छ ।

खनाल परिवारले भर्जिनियामा तिहार मनाएकाथिए ।





error: Content is protected !!