अरवपति ट्रम्पको बिजनेशको जिम्मा अव कसले लिन्छ ?

अमेरिका–डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्दैछन् । पेशाले रियल स्टेट कारोवारी ट्रम्पको झन्डै ५० हजार करोडको विजनेश, अव कसले जिम्मा लेला ? अहिलेसम्म आफनो व्यपारको जिम्मा ट्रम्प आफैले लिएका थिए । यस्तोमा ब्यापार हितको टकरावका विषयमा ट्रम्पले के कदम चाल्लान ? अमेरिकामा सवैको नजर यसमा परेको छ । यद्यपी अमेरिकाको संविधानले यसवारे केही बोलेको छैन ।

trump_1479004666-ट्रम्पले चुनावी प्रचारका बेला संकेत गरेका थिए कि छोरी इवाका र दुई छोराले उनको विजनेश जिम्मा लिन सक्छन् ।

–ट्रम्पले चुनावी अभियानका बेला आफ्नो विजनेशको जिम्मा छोरी र छोराहरुलाई दिने बताएका थिए ।

–ट्रम्पको कारोवार छोरी इवाका, छोरा एरिक र डान मिलेर चलाउन सक्छन् ।

–ट्रम्पले भनेका थिए, ‘म चाहन्छु कि मेरो बच्चा कार्यकारीको भूमिकामा विजनेश चलाउन् , जहाँ म सहभागी हुन नपरोस् ।’

–संसारको अवरपतिको सूचिमा ट्रम्प ३२४ नम्वरमा छन् ।

–व्यापारी, टिभी कार्यक्रमका प्रस्तोता ट्रम्पको ५० हजार करोड रुपैयाँ भन्दा धेरै सम्पती छ ।

–ट्रम्प अर्गनाइजेशनको विजनेश पानामा सिटी देखि इस्ताम्बुलसम्म छ ।

–अमेरिकाको संविधानका अनुसार विदेशको कमाईका विषयमा ट्रम्पलाई समस्या आउन सक्छ ।

–लाभको पद लिएका कोही पनि व्यक्ति संसदको अनुमति विना विदेशबाट उपहार, तलव, कार्यलय वा उपाधी केही लिन सक्दैन ।

–यद्यपी ट्रम्प दुवै सदनमा रिपब्लिकन बहुमतबाट बच्न सक्छन् ।
–ट्रम्पको विषयमा सदन के गर्छ यकिन भन्न सकिन्न ।

–ट्रम्प भन्दा पहिला पनि अमेरिकी राष्ट्रपतिले यस्तो समस्या ब्योहेरका छन् ।

–१९६३ मा जान एफ केनेडीको हत्यापछि उपराष्ट्रपति लिन्डन बी जानसनको राष्ट्रपति बनाइयो ।

–जानस र उनको पत्नी लेडी बर्डका टैक्सासमा एउटा टिभी स्टेशन थियो, जुन उनी बेच्न चाहदैनथे र कानुनी समस्यामा पनि पर्न चाहदैनथे ।

–१९७८ मा एथिक्स इन गर्वमेन्ट कानुन बन्यो, जस अनुसार ट्रस्ट पनि बनाउन सकिन्छ ।

–यो अमेरिकी राष्ट्रपतिको इच्छामा भर पर्छ ।





error: Content is protected !!