ताँसुगार जलविद्युत आयोजनाको उर्जा सचिवद्धारा निरिक्षण

जाजरकोट, कार्तिक ११ (चौखा) यहाँको रग्दा गाविसमा रहेको ताँसुगाड जलविद्यत आयोजनाको स्थलगत निरिक्षण गरिएको छ । उर्जा मन्त्रालयका सचिव उरुणकुमार उपाध्याय,जलसिंङ गाड जलविद्युत आयोजनाका कार्यकारी निर्देशक मोती कँुवर , जाजरकोट डाल्पा सडक निर्माण कार्यदलका प्रमुख (कर्णेल) विश्ववन्धु पहाडी , नलसिंङ गाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंह , प्रेस सेन्टर जाजरकोटका अध्यक्ष तथा नेपाल पत्रकार महासंघ जाजरकोटका कोषाध्यक्ष हेमन्त के सी द्धारा निरिक्षण गरिएको छ ।
निरिक्षणमा गएका टोलीलाई स्थानीयले डिपिआर तोकिएकै मितिमा सम्पन्न गर्न उर्जा सचिवलाई ध्यान आक्रषण गराएका थिए । ४.५ मेघावाटको विद्युत उत्पादन गरिने लक्ष्य राखिएको यो आयोजनावाट सक्ला र खगेनकोट गाविसमा निर्माण हुँन लागेको जलसिंङ गाड जलविद्युत आयोजना निर्माण लागी प्रयोग गरिने छ । ताँसुगाड जलविद्युत आयोजना निर्माण नगरी जलसिंङ गाड जलविद्युत आयोजनाको काम अगाडी नवढ्ने भएपछि यहाँका स्थानीयले छिटो ताँसु गाड जलविद्युत आयोजना निर्माण गर्न सुझाव दिएका हुँन् । एक वर्षमा डिपिआर निर्माण गर्नका लागी डिजायरड ईन्जीनियरिङ्ग नेपालले जिम्मा लिएको छ । सम्झौता अनुसार काम भएमा माघ महिनामा यो काम सम्पन्न हुने छ । उर्जा सचिव उपाध्यायले तोकिएकै समयमा निर्माण गर्न पहल गर्ने स्थानीयलाई आवस्थ पार्नुभएको छ । यी आयोजना निर्माणका लागी सडक,पुल,विद्युत निर्माण गर्नुपर्ने अवस्था छ । झाडापखाला,स्वाईन फुलु मात्र होर्यन अव विद्युतको जिल्ला भनेर जाजरकोटलाई चिनाउने नलसिंङ गाड सरोकार समितिका अध्यक्ष गणेसप्रसाद सिंहले वताउनुभयो ।
राज्यले छिटो यो नलसिंङ जलविद्युत आयोजनालाई राष्टिय गौरवको आयोजनामा समावेश गर्नुपर्ने जाजरकोट वासीले माग गरेका छन् । जाजरकोट मात्र होईन सिङगो ६ नं प्रदेशकै गहना ,ईज्जत प्रतिष्ठा संग जोडिएको नलसिंङ गाड जलविद्युत आयोजना निर्माण हुँन सके राज्यलाई निकै फाईदा हुँने छ । कम लगानी, छोटो समय, कम वातावरणीय क्षेतिमा नलसिंङ गाड जलविद्युत आयोजना निर्माण गर्न सकिने विज्ञको सुझाव छ ।
हेमन्त केसी





error: Content is protected !!