प्रधानमन्त्री वालेन्द्र र कर्णालीका सांसदबीच के–के भयो छलफल ?

प्रधानमन्त्री वालेन्द्र शाहले कर्णालीबाट जितेका सांसदसँग छलफल गरेका छन् । सोमबार सिंहदरबारमा प्रधानमन्त्री वालेन्द्रले सांसदसँग आगामी नीति कार्यक्रम र बजेटका विषयमा छलफल गरेका हुन् ।

छलफलमा सहभागी राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले आफूहरूले कर्णालीको विकासमा विभेद नगर्न सुझाएको जानकारी दिए । ‘हामीले आज प्रधानमन्त्रीसँग छलफल गर्‍यौँ । कर्णालीलाई पहिला बजेट माग्दा बजेट भाषण च्यात्नुपर्ने अवस्था थियो । यसपटक त्यस्तो नहोस् भनेर ध्यानाकर्षण गराएका छौँ,’ शाहीले भने, ‘मुख्य गरी कर्णालीमा सडक निर्माणलाई प्राथमिकता दिने, कर्णाली राजमार्ग नबनाउने ठेकेदारलाई कारबाही गर्न ध्यानाकर्षण गराएका छौँ ।’

हचुवाको भरमा बजेट नरोक्न, कर्णालीका स्याउ काठका बाकसमा बजारसम्म ल्याउने प्रबन्ध गर्न, जडिबुटी बेच्नेलाई अपराधी जस्तो नगर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको शाहीको भनाइ छ ।

कानुन बनाएर यस्ता विषयमा नियमन गर्न आफूहरूले ध्यानाकर्षण गराएको उनको भनाइ छ । प्रधानमन्त्री बालेनले सांसदसँगको छलफलमा बजेट माग्नको लागि सांसदहरूले फाइल बोक्ने प्रथाको अन्त्य गर्ने पक्षमा आफू भएको बताएका थिए ।

प्रधानमन्त्री भएपछि वालेन्द्रले सबै प्रदेशबाट निर्वाचित सांसदहरूलाई बोलाएर छलफल गरेका हुन् ।





error: Content is protected !!