सुर्खेतमा ७८२ ग्राहकको विद्युत् लाइन काट्ने प्राधिकरणको चेतावनी

सुर्खेत ः नेपाल विद्युत् प्राधिकरणको सुर्खेत कार्यालयले समयमै बक्यौता नतिर्ने ग्राहकको विद्युत् लाइन काट्ने चेतावनी दिएको छ।

‎‎सोमबार एक सूचना जारी गर्दै विद्युत् लाइन काट्ने चेतावनी दिएको हो।‎‎प्राधिकरणका अनुसार सुर्खेत वितरण केन्द्र अन्तर्गत ४ महिना भन्दा बढी र १० हजार भन्दा बढी बाँकी बक्यौता भएकाहरूको सङ्ख्या ७८२ छ।

‎‎’यदि बक्यौता रकम ७ दिन भित्र भुक्तानी नगरेको खण्डमा नियमानुसार लाइन काटी बाँकी बक्यौता असुलिको प्रक्रिया अगाडि बढाइने छ,’ प्राधिकरणले भनेको छ।




सम्बन्धित समाचार


error: Content is protected !!