शक्तिले अगाडी बढाएको विकासको मार्गदर्शनमा सबैको चुनावी एजेण्डा


जाजरकोट , २७ माघ : आशन्न २१ फागुनका लागि देशै भरी चुनाव गतिविधिहरू तीव्र भइहरदा जाजरकोटमा समेत तीव्र बनाएको छ । जाजरकोटमा पूर्व मन्त्री नेपाली कम्युनिस्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत ,नेपाली काँग्रेस जाजरकोटका कावा सभापति खडकबहादुर बुढा र नेकपा एमालेका केन्द्रीय सदस्य डम्वरबहादुर सिंह सँग चुनावी भिडन्तमा रहेका छन् । तीनै वटा उम्मेदवारका चुनावी एजेन्डाहरू एकै प्रकार रहेका छन् ।

लुम्बिनी– रारा राजमार्ग जाजरकोट खण्ड पुरा गर्ने , नलगाड जलविद्युत आयोजना ४१७ मेगावाट निर्माण गर्ने , अधुरा कामहरू पुरा गर्ने लक्ष्य सबैको चुवानी प्रतिबद्धता रहेको छ । काँग्रेस र एमालले पत्रकार सम्मेलन गरेर आफ्ना एजेन्डाहरू प्रस्तुत गरिसकेको छन् । उता नेकपामा नेता पूर्व मन्त्री बस्नेतले अहिले सम्मा भएको कामलाई रक्षा गर्दै बाँकी जाजरकोट निर्माणको कुरालाई जोड दिएका छन् ।

त्यस्तै भूकम्प पीडितका कुराहरू समेत चुनावी एजेण्डमा मुख्य रूपमा समेटिएको छ । अहिले सम्मा पूर्ण निर्माणको काम सुरु नहुनुमा केपी ओली नेतृत्वको सरकार दोषी भएको पूर्व मन्त्री बस्नेतको आरोप रहँदै आएको छ । काँग्रेस र एमालेका उम्मेदवारले जिल्लामा बजेट आएर पनि काममा परिणाम नआएको भन्दै अब परिणाम निकाल्नका लागि आफूहरूको उम्मेदवारी रहेको बताउँदै आएका छन् । उता नेकपाका उम्मेदवार बस्नेतले जाजरकोटमा विकास जग २०६५ बाट मात्र सुरु भएको बताउँदै आएका छन् । उनले जिल्लामा विद्युतीकरण ,खानेपानी , सडक , सञ्चार तथा जलविद्युत आयोजनाको कामहरू गतीका साथ अगाडी बढाएको बताउँदै आएका छन् ।

बजेट जिल्लामा पठाएपनि निर्माण व्यवसायीको काम गर्ने तरिकाले असहयोग भएको उनले बताउँदै आएका छन् । नेपाली काँग्रेसका उम्मेदवार खडकबहादुर बुढाले आफू हुने कुरा मात्र गर्ने ,आफूले नसक्ने कामको विषयमा नबोल्ने बताएका छन् । माओवादी द्धन्द्धकाल पछि मात्र जाजरकोटमा विकासको जग सुरुवात भएको देखिन्छ । जाजरकोट हुँदै डोल्पा पुगेर टुङ्गिने भेरी कोरिडोरको जाजरकोट खण्डको काम करिब करिब पुरा भएकोमा नेकपाका नेता बस्नेतले उपलब्धिको रूपमा राखेका छन् । मध्यपहाडी लोक मार्गको ८० प्रतिशत पिचको कामलाई बस्नेतले अर्को उपलब्धीका रूपमा लिएका छन् । नलगाड जलविद्युत आयोजनाको डिपिआर आफ्नै पालामा आफैँले स्वीकृत गर्न लगाएको भन्दै अर्को मुख्य उपलब्धिको रूपमा उनले अथ्याएका छन् ।

उनले लुम्बिनी रारा राजमार्गको कामलाई समेत उपलब्धिकै रूपमा लिएको प्रतिबद्धता पत्रमा उल्लेख गरेका छन् । जिल्लाको बारेकोटमा रहेको कस्तुरी प्रजनन केन्द्रलाई समेत उनले आफूले गरेको कामका रूपमा सूचीबद्ध बनाएका छन् । उता काँग्रेस र एमालेका उम्मेदवारहरूले आफूले गरेको कामहरूको सूची नभई अधुरा कामहरू निर्माण गर्ने उद्घोष रहँदै आएको छ । जनमतको हिसाबले अघिल्ला चुनावको परिणाम हेर्दा तत्कालीन नेकपा माओवादी केन्द्रको जाजरकोटमा अवस्था तेस्रो रहे पनि हाल माधव कुमार नेपाल नेतृत्वको दलसँग एकता भए पनि बलियो देखिएको भन्दै नेकपा आफूले गरेका कामहरू जनता सामु धेरै गरेको दाबी गर्दै जस लिन खोजिरहेको देखिन्छ ।

हामीसँग नेतृत्व र इच्छा शक्ति रहेको टिम भएकाले जाजरकोट निर्माण गर्ने जिम्मेवारी समेत हाम्रो नै हो भन्दै हरेक चुनावी कार्यक्रममा बोल्ने गरेको नागरिक अगुवा राजेन्द्र विक्रम शाहले बताए । हुन न नेकपा एमालेले हाल सम्मा प्रदेश सरकारमा समेत जाजरकोटबाट मन्त्री पाउन सकेको छैन । शान्ति काल पछि पश्चिम जाजरकोटबाट एक पटक मात्र जितेको इतिहास रहेको छ । नेपाली काँग्रेसले जाजरकोटका दुई प्रदेशसभामा माओवादीको गठबन्धनको बलमा दुई सिट जितेको छ । हाल दुनै जनाले पालो ,पालो प्रदेश सरकारको अर्थमन्त्रीको पद समालिसकेका छन् । पहिलो कार्यकाल क्षेत्र नम्बर १ का बेदराज सिंह र हाल बहालवालामा क्षेत्र नम्वर २ बाट राजीव विक्रम शाहले नेतृत्व गर्ने अवसर पाएका छन् ।

अघिल्लो कार्यकालको सरकारले लगाएका ठेक्काका कामहरू समेत हालको सरकारले गती दिन नसक्दा प्रदेशका मन्त्रीहरूको आलोचना हुँदै आएको छ । पाँच वर्ष देखि पाँच वटा पुराना पुल तथा सडकका ठेक्काहरू अलपत्र रहेको छन् । त्यस्तै अन्य दुई वटा सडक तीन वर्ष देखि अलपत्र पर्दै आएका छन् । अलपत्र आयोजना निर्माण गर्नका लागि प्रदेश सरकारका मन्त्री तथा प्रदेशसभा सदस्यहरूमा माथि दबाब तीव्र पर्दै आएको छ ।

सङ्घीय सरकारको भन्दा प्रदेश सरकारको कामहरू अलपत्र बढी भएकाले ती दुवै क्षेत्र काँग्रेसकै भागमा हुँदा थप आलोचना हुने गरेको छ । प्रदेशसभाको बैठकमा पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य बेदराज सिंहले विशेष समय लिएर अलपत्र आयोजनाका विषयमा बोले पनि प्रदेश सरकारले सुनेको देखिँदैन । सदनमा मन्त्रीले उठाएका कुराहरूको जवाफ दिने भएकाले राजीवविक्रम शाहले अलपत्र आयोजनाका विषयमा अनौपचारिक रूपमा कुराकानी गरे पनि सदनमा बोल्ने अवसर नपाएको अवस्था रहेको छ ।

काँग्रेस र एमालेको उम्मेदवारहरू काममा भएको ढिला सुस्तीका विषयमा खुल्ला रूपमा बोलिरहेका छन् । तर हरेक आयोजना अलपत्र पार्नेहरूमा उनीहरूकै नेता तथा कार्यक्रमहरू हुँदा अर्को समस्या परेको छ । नलगाड जलविद्युत आयोजनाको बाध स्थल जानका लागि मुख्य द्वार रहेको खारामा ७ वर्ष देखि छेडागाड नगरपालिकाका मेयर तथा काँग्रेस नेता रत्नबहादुर खडकाले काम नगर्दा पुल अलपत्र परेको छ । नलगाडकै सिर्केमा मोटरेवल काँग्रेस निकट निर्माण व्यवसायी दीपेन्द्र शाहीले काम नगर्दा पाँच वर्ष देखि अलपत्र पर्दै आएको छ ।

जाजरकोटमा पूर्वी क्षेत्रमा रहेको विद्युत् प्रसारण लाइन निर्माणको ठेक्का लिएका काँग्रेस नेता तेजविक्रम शाहले ७ वर्ष देखि काम नगर्दा अलपत्र पर्दै आएको छ । यी अलपत्र परेका आयोजनाहरूमा नेकपाका नेताहरूले चुनावी एजेन्डा बनाएका छन् । ठेक्का लिने तर काम नगरेर जिल्लामा विकास निर्माणको कुराहरू अलपत्र पारेर अरूलाई आरोप आरोप लगाउन नपाइने भन्दै नेकपाका नेता प्रशान्त शर्माले प्रश्न गरेका छन् ।

नेकपाका नेता शक्ति बस्नेत चार पटक मन्त्री भइसकेका पात्र हुन ,भने काँग्रेसका उम्मेदवार बुढा युवा राजनीतिज्ञ हुन । एमाले उम्मेदवार सिंह पटक ,पटक चुनावमा पराजित भएका पात्र हुन् । सरोकारवालाहरूको सङ्घीय सरकारमा जाजरकोटकै मन्त्री नहुँदा सम्मा नलगाड लगायतका ठुला आयोजनाहरू निर्माणको लागि सरकारी प्राथमिकता नपर्ने बताउँदै आएका छन् । त्यका लागि चुनाव जितेर मन्त्री नै पाउने हैसियत नेकपाका नेता बस्नेतकै मात्र रहेको छ । रास्वपाको तर्फबाट राघब कार्की , राप्रपाबाट कृष्ण विक्रम शाह लगायत गरेर १० जना उम्मेदवार रहेका छन् ।




सम्बन्धित समाचार


error: Content is protected !!