सिर्केमा झोलुङगेपुल हुने भयो मर्मत

जाजरकोट , २२ माघ ः नलगाड नगरपालिका–५ र बारेकोट गाउँपालिका–८ को बीचमा रहेको झोलुङगेपुल मर्मत हुने भएको छ । बिहीबार नलगाड नगरपालिकाको नगरप्रमुख डम्वर रावतको संयोजकत्वमा बसेको बैठकले पुल मर्मत गर्ने सहमति भएको हो ।

बैठकमा पूर्वाधार विकास कार्यालय ,जाजरकोटका प्रमुख भूपेन्द्र जैसी , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडक परियार र पुल निर्माण उपभोक्ता समितिका सचिव कौशीबहादुर सिंहको बीचमा भएको छलफलमा पुल मर्मत गर्ने सहमति भएको हो । २०७५ साल असार २९ गते जिल्ला प्राविद्यिक कार्यालय जाजरकोटमा सामुदायमा आधारित झोलुङगेपुल ( झोलुङगेपुल क्षेत्रगत कार्यक्रम ) सँग सम्झौता भएको थियो । पुल निर्माण गर्दा गर्दै उक्त कार्यालय खारेज भएपछि उपभोक्ता समितिले बीचमा काम छाडेर थिए ।

उपभोक्ताले काम गरेका पाउनु पर्ने रकम नपाएको समेत उनीहरुको दावी रहेको छ । हाल नगरपालिकाको समन्वयमा बसेको बैठकले बाँकी रहेको मर्मतको काम पूर्वाधार विकास कार्यालय, जाजरकोटले पुरा गर्ने गरेर सहमति भएको नगरप्रमुखको स्वकीय सचिव तेजबहादुर विकले जानकारी दिए । यो पुल मर्मत गर्न पूर्वाधार विकास कार्यालय ,जाजरकोटले असोजमा प्रयास गरेपनि स्थानीयबासीले मर्मत गर्न दिएका थिएनन । पुरानो रकम पाउनुपर्ने भन्दै मर्मतमा रोक लगाएका थिए ।

त्यस्तै पुल मर्मत स्थलको अध्ययन पनि गरिएको छ । चार वर्ष देखि निर्माण व्यवसायीले काम नगरेर अलपत्र पारेको कामको अनुगमण समेत गरिएको छ । निर्माण व्यवसायी नेपाल मेगा सिस्ने जेभीका प्रतिनिधि लालमाया शाही हाम्रो सम्पर्कमा आएर काममा फर्कने बताएकी छिन् ।





error: Content is protected !!