जाजरकाेटमा वडा जिताउन नसक्ने तर एमालेको महाधिवेशन प्रतिनिधि ?

जाजरकोट ः नेकपा एमालेको एघारौं राष्ट्रिय महाधिवेशनमा जाजरकोटमाबाट छनोट भएका दुई जना बाहेक सबै वडाहरुमा पराजित भएका प्रतिनिधिहरु रहेका छन् ।

महाधिवशेन आजबाट भक्तपुरको सल्लाघारीमा उदघाटन र काठमाडौंको भृकुटीमण्डपमा बन्दसत्र हुँदै छ । एमाले जाजरकोटका अध्यक्ष नरेन्द्र शाही र पूर्व छेडागाडका नगरप्रमुख लालबहादुर महतरा बाहेक सबै वडामा पराजित भएका रहेका छन् ।

स्थानीय तहको चुनावमा नेकपा एमालेले गम्भिर पराजय भोगेका वडाहरुबाट एमालेका प्रतिनिधिहरु छनोट भएका हुन् । सर्वसहमतिको नाममा वडामै चुनावमा पराजित भएकाहरु परेपछि जाजरकोटमा चर्को आलोचना भएको छ । खुल्ला तर्फ छनोट भएका छेडागाड नगरपालिकाका पूर्व नगरप्रमुख लालबहादुर महतरा , शिवालय- ७ बाट पूर्व प्रदेशसभा सदस्य करबीर शाही , शिवालय गाउँपालिकाबाट पूर्व अध्यक्ष नरेन्द्र कुमार शाही , भेरी ६ नारायण घर्ती , बारेकोट गाउँपालिका ७ बाट प्रेमबहादुर सिंह रहेका छन् ।

त्यस्तै नलगाड ३ की पराजित सुनिता बोहरा ,  शिवालय -३  कुमारी थापा , भेरी -४ तारा शाक्य रहेका छन् । यूवाबाट भेरी -३ बाटै विश्वजंग शाह , दलित कोटाबाट कुशे -१ बाट गोपाल नेपाली र नलगाड -८ बाट नवेन्द्र नेपाली , भेरी -१३ वाट कैशिला नेपाली , छेडागाड- ५ बाट पूर्व प्रदेशसभा सदस्य कौशिलावती खत्री , शिवालय- ३ की कुमारी थापा रहेका छन् ।

लालबहादुर महतरा र नरेन्द्र शाही बाहेक सबै वडाहरुमा पराजित भएका महाधिवेशन प्रतिनिधिहरु छनोट भएका छन् । स्थानीय तहको चुनावमा उनीहरुले वडाहरुमा गम्भिर रुपमा पराजित भएका थिए । बारेकोट गाउँपालिकाका अध्यक्ष बीरबहादुर गिरीले वडा जिताएर आउने हैसियात बनाउन शुभकामना दिनुभएको छ ।




सम्बन्धित समाचार


error: Content is protected !!