भोलि सुर्खेतमा नेकपाको एकता सभा- प्रचण्ड, माधव र भीम रावलले सम्बोधन गर्ने

सुर्खेत ः नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को कर्णाली प्रदेशस्तरीय एकता सभा शनिबार आयोजना गरिँदैछ । प्रदेश राजधानी वीरेन्द्रनगरस्थित घण्टाघरमा हुन लागेको उक्त सभाको भव्य तयारी भइरहेको छ ।
एकता सभालाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता माधवकुमार नेपाल, वामदेव गौतम र भीम रावल , शक्ति बस्नेत लगायतले सम्बोधन गर्नेछन् । माओवादीको आधार इलाकाका रूपमा रहेको कर्णालीमा पार्टी एकतापछि पहिलो पटक हुन लागेको यस सभालाई विशेष रूपमा हेरिएको छ ।







