सुर्खेतमा निषेधाज्ञा जारी

सुर्खेत , २६ भदौ ः देशमा भइरहेको आन्दोलनको प्रभावका कारण कर्णाली प्रदेशको राजधानी बीरेन्द्रनगर सुर्खेतमा निषेधाज्ञा जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदिश्वार प्रसाद उपाध्यायले जारी गरेको आदेशअनुसार कुनै पनि हुलदंगा वा अशान्ति हुने उद्देश्यले पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाइने गरी निषेधाज्ञा लागू गरिएको हो।

आदेशअनुसार बिहीबार बिहान ८ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म निषेधाज्ञा प्रभावकारी हुने छ। स्थानीय प्रशासन ऐन २०२८ को दफा ६(३क) बमोजिम सो आदेश जारी गरिएको हो।
निषेधाज्ञा लागू हुने क्षेत्र सुब्बा कुना देखि पश्चिममा बाँगेसिमल सम्म र रत्न राजमार्गको उत्तर भाग उपत्यको सबै र दक्षिण तर्फ रत्न राजमार्गको ३०० मिटर भित्र रहने कार्यालयले जनाएको छ। आदेश उल्लंघन गर्नेहरूमाथि ऐन बमोजिम कारबाही गरिने चेतावनी प्रशासनले दिएको छ।










