डोल्पामा विद्युतको पहुँच नभएका पाँच पालिकामा सोलार वितरण

डोल्पा ः डोल्पाका पाँच पालिका भित्र विद्युतको पहुँच नभएका स्थानीयबासीलाई सोलार ( सौर्य उर्जा ) वितरण कार्य सुरु भएको छ ।

खानेपानी सिँचाई तथा उर्जा विकास कार्यालय ,डोल्पामा प्रमुख प्रकास गिरीका अनुसार ७०५ घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ । छार्काताङसोङ गाउँपालिकाको ६ वटा वडाहरुमा रु ६६ लाख आर्थिक सहयोगमा ३५० घरधुरीलाई सोलार वितरणको काम सुरु भएको छ ।

त्यस्तै काइके गाउँपालिकाको दलित बस्ती रहेको वनढाडामा रु २० लाख रुपैयाँको ७५ घरधुरीलाई सोलार वितरणको काम समेत भइरहेको प्रमुख गिरीले बताउनुभयो । डोल्पोबुद्ध गाउँपालिका–६ मा रु २५ लाख लागततमा ८० घरधुरीलाई सोलार वितरणको कार्य सुरु गरिएको छ । उपल्लो डोल्पाकै शे फोक्सुण्डो गाउँपालिका–१ मा रु २० लाख रुपैयाँमा ४५ घरधुरीलाई सोलार वितरणको काम भएको उहाँले जानकारी दिनुभयो ।

ठुलिभेरी– नगरपालिका ११ रअ स्थित गाउँमा स्थानीयबासी र कार्यालयको साझेदारीमा रु ३० लाख रुपैयाँमा १५५ घरधुरीलाई सोलार वितरणको काम अन्तिम चरणमा पुगेको छ । विद्युतको पहुँच नपुगेका कर्णालीका जिल्लाहरुमा विद्युतको पहुँच विस्तार गर्ने कार्यक्रम अन्तरर्गत सोलार वितरण गरिएको छ ।





error: Content is protected !!