देउरानीको बाउसो प्रहारबाट जेठानीको मृत्यु

सुर्खेत , २० वैशाख ः मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्सकी दुर्गा ऐडिको बाउसो प्रहारबाट मृत्यु भएको छ । घरियासी झगडामा मंगलबार झगडा हुँदा देउरानी बिमला बुढाले जेठानी दुर्गा ऐडिलाई टाउकोमा घरेलु हतियार बाउसो प्रहार गरी घाइते बनाएकी थिइन । घाइते दुर्गा ऐडिको टाउको र अनुहारमा गहिरो चोट लागेको प्रहरीले जानकारी दिएको छ । ससुरा बाचुराम ऐडिका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा तीन भाइमध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडिलाई घरेलु हतियार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताउनुभयो । झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अहिले घरेलु हतियार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्यादप थप गरी अनुसन्धान थालीएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।

गम्भीर घाइते दुर्गाको जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लिएपनि उपचारकै क्रम्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।





error: Content is protected !!