बालविवाह न्यूनीकरणका लागि कालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न 

पुर्ण सार्की/डोल्पा:डोल्पाको मुड्केचुलामा बालविवाह न्यूनीकरणका लागि अन्तरक्रिया कार्यक्रम गरिएको छ। शुक्रबार मुड्केचुला गाउँपालिका वडा नं ०१ कालिकामा “बालविवाह होइन्, बनाऔं सुनौलो भविष्यको आधार; बालबालिकालाई शिक्षामा अधिकार” भन्ने मूल नाराका साथ बालविवाह न्यूनीकरणसम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष बाग बहादुर बुढा ‘पवन’ ले जानकारी दिए।

कार्यक्रममा बालविवाहका कारण उत्पन्न हुने सामाजिक, आर्थिक र स्वास्थ्यसम्बन्धी समस्या तथा त्यसको न्यूनीकरण र रोकथामका उपायबारे चर्चा गरिएको थियो।

समाजमा बालविवाह रोक्नको लागि शिक्षा, जनचेतना, कानुनी कार्यान्वयन र परामर्श सहित अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुने गर्छ । यसै कुरालाई मध्यनजर गर्दै बालविवाह न्यूनीकरण गर्न वडाको आयोजनामा विभिन्न सरोकारवाला निकायको उपस्थितिमा अन्तरक्रिया कार्यक्रम गरिएको वडा अध्यक्ष बुढाले बताए।

 झण्डै ११५ जना सहभागी कार्यक्रममा कालिका माविका प्रधानाध्यापक लालबहादुर रोकाया, नवज्योति आधारभूत विद्यालयका प्रधानाध्यापक, इलाका प्रहरी चौकी कलिकाका ईञ्चार्ज हर्कसिंह लुईटेल, स्वास्थ्य चौकी कालिकाका प्रतिनिधि खिमबहादुर शाही लगायतका स्थानीय बासिन्दा अनि किशोरकिशोरीहरुको विशेष सहभागिता रहेको थियो।

सहभागि स्थानीय बासिन्दा र किशोरकिशोरीहरुलाई प्रशिक्षणमार्फत बालविवाह न्यूनीकरणमा सक्रिय भूमिका खेल्न प्रेरित गरिएको थियो।उमेर नपुगी बिहे गर्नु र गराउनु दण्डनीय अपराध हो। बालविवाह विरुद्ध सबैको भुमिका अपरिहार्य हुन्छ।





error: Content is protected !!