विद्यालयको समस्य बुझन मुडकेचुलामा अध्यक्ष विद्यालयमा

डोल्पा, २२ चैत ः डोल्पाको मुडकेचुला गाउँपालिकामा रहेको सामुदायिक विद्यालयको समस्य बुझनका लागि अध्यक्षसँग विद्यालय कार्यक्रम सञ्चालनमा ल्याएको छ । बैशाख चार गते देखि बैशाख नौँ गते सम्मा सम्मा यहाँका सबै वडाका विद्यालयमा अध्यक्षसँग अन्तरक्रिया कार्यक्रम हुने भएको हो । वडा नम्वर एक देखि चार गते सम्म कालिका मावि कालिकामा सबै विद्यालयसँग अन्तरक्रिया रहेको छ ।

त्यस्तै भानु आधारभुत विद्यालयमा बैशाख पाँच गते वडा नम्बर ४ का सबै विद्यालयसँग छलफल हुने भएको छ । बैशाख ६ गते गते वडा नम्बर ५ र ६ का सबै विद्यालयसँग कालिका मावि नर्कुमा अन्तरक्रिया हुने भएको प्रमुख प्रशासकीय अधिकृत रेमशबहादुर महताराले जानकारी दिनुभयो ।

अन्नपुर्ण मावि सर्मीमा वडा नम्बर वडा नम्बर ७ का सबै विद्यालयको अन्तरक्रिया हुने भएको छ । रारा आधारभुत विद्यालय ओक्टमा वडा नम्वर ८ का सबै विद्यालयसँग छलफल हुने अधिकृत महताराले बताउनुभयो । चन्दननाथ आधारभुत विद्यालय होर्तमा वडा नम्बर ९ का सबै विद्यालयको अन्तरक्रिया गरिने भएको छ ।





error: Content is protected !!