दिमागको गरिबी खतरनाक हुन्छ ः बाबुराम भट्टराई
काठमाडौँ ः नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले नेपाल विश्वमै आईक्यूमा सबैभन्दा पछाडि रहेको उल्लेख गर्दै दिमागको गरिबी खतरनाक हुने भएकाले बजेटमा शिक्षालाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।
बुधवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले शिक्षा क्षेत्रको विकासका लागि पनि सही राजनीति हुनुपर्ने बताए।
उनले साधन र स्रोतको सीमितता सबैमा ठाउँमा भए पनि त्यो सीमित स्रोतमा कुन क्षेत्रलाई प्राथमिकता दिने भन्नेमा भर पर्ने बताए।
उनले शिक्षाको विकास र मुलुकको आर्थिक तथा सामाजिक विकासका नीति नियम बुझ्न सही राजनीति नै आवश्यक पर्ने बताए।
‘हामी गरिब छौँ तर दिमागको गरिबी सबैभन्दा खतरनाक कुरा हो। त्यसलाई सच्याउने र सुधार्ने भनेको शिक्षाबाटै हो। फेरि सबैको केन्द्रमा राजनीति नै हुन्छ‚’ उनले भने, ‘हामी शिक्षाका लागि बजेट र प्राथमिकीकरणका कुराहरु गर्नुपर्ने हुन्छ। साधन र स्रोतको सिमितता सबैमा हुन्छ।त्यो सीमित स्रोतको पहिलो प्राथमिकता केमा दिने भन्ने हो। यसलाई बुझ्न‚ विकासका नीति र नियमहरु बुझ्न सही राजनीति नै हुनुपर्छ।’थाहाखबर