हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु

उर्लाबारी ः मोरङको सुन्दरहरैँचा ५ डिपुकी ६० वर्षीया चन्द्रकला लिम्बूको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।

सुन्दरहरैँचा – ५ का वडाध्यक्ष गणेश चौधरीका अनुसार चन्द्रकला सोमवार घाँस दाउराका लागि जङ्गल जानु भएको थियो । साँझसम्म घर नआउनु भएकी चन्द्रकलालाई मङ्गलबार बिहान ६ बजेतिर स्थानीयले खोल्सीको किनारमा मृत अवस्थामा भेटेका थिए ।





error: Content is protected !!