सुनसरीका तीन ठाउँमा शंकास्पद वस्तु फेला

इटहरी ः इटहरीमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको छ। सुनसरी प्रहरीकाअनुसार इटहरी र धरानसहित तीन ठाउँमा बमजस्तो देखिने शंकास्पद वस्तु फेला परेको हो।

सुनसरी प्रहरी प्रमुख, एसपी सुमन तिम्सिनाका अनुसार इटहरी उपमहानगरपालिका कार्यालयको गेट नजिकै, सुनसरी र मोरङको सिमानामा पर्ने बुढी खोलाको पुल नजिकै र धरानको भोटे पुल नजिकै शंकास्पद बस्तु फेला परेको प्रहरीलाई सूचना आएको थियो।

बम फेला परेकोबारे प्रहरीलाई मोबाइलमा म्यासेज आएपछि उक्त स्थानमा विशेष सावधानी अपनाएको छ।

ठूलो आकारमा देखिएको वस्तु विस्फोटक पदार्थ हुन सक्ने प्रहरीले अनुमान लगाउँदै वस्तुको नजिक कसैलाई पनि जान दिएको छैन।

सेनाको टोलीले पहिला उपमहानगरपालिकाको गेट अगाडीको उक्त शंकास्पद वस्तुलाई निष्क्रिय बनाएपछि अरू स्थानमा राखिएको शंकास्पद वस्तुको पहिचान एवम् निष्क्रिय बनाउन जाने प्रहरी प्रमुख तिम्सिनाले बताए। थाहाखबर





error: Content is protected !!