एमालेले खोस्यो भीम रावलको संगठित सदस्यता

काठमाडौँ ः नेकपा एमालेले नेता भीम रावलको संगठित सदस्यता खोसेको छ । बुधबार बसेको एमाले सचिवालय बैठकले रावलको संगठित सदस्यता खोसेको उपमहासचिव प्रदीप ज्ञवालीले बैठकपछि जानकारी दिए ।

दसौँ राष्ट्रिय महाधिवेशनमा रावल अध्यक्षको उम्मेदवार बनेका थिए । रावलले पछिल्लो समय पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने अभिव्यक्ति दिएको एमालेको भनाइ छ ।

‘अभिव्यक्तिहरू पार्टीलाई बलियो बनाउने भन्दा पनि निरन्तर कमजोर बनाउने हिसाबले आएकाले संगठित सदस्यताबाट मुक्त गर्ने निर्णय गरेको हो’, ज्ञवालीको भनाइ छ । स्रोत ः रातोपाटी





error: Content is protected !!