समीक्षा अधिकारीले एआईबाट बनेको फेक भिडियोबारे साइबर ब्युरोमा उजुरी

काठमाडौं। गायिका समीक्षा अधिकारीले आफ्नो चरित्रहत्या गरिएको आरोप लगाउँदै साइबर ब्युरोमा उजुरी दर्ता गरेकी छन्। एआई प्रविधिको प्रयोग गरी फेक भिडियो बनाएर सामाजिक सञ्जालमा फैलाइएको घटनापछि उनले विद्युतीय अपराधसम्बन्धी कानुनी प्रक्रिया अघि बढाउन माग गरेकी हुन्।

 

शनिबार उजुरी दर्ता गरेपछि अधिकारीले आफ्नो व्यक्तिगत तथा व्यावसायिक प्रतिष्ठामाथि प्रहार गर्न नियोजित रूपमा यस्तो कार्य गरिएको बताइन्। उनले दोषीमाथि कडा कारबाहीको माग गर्दै यस्तो घटना अरु कसैलाई नदोहोरियोस् भन्ने उद्देश्यले प्रहरीसमक्ष पुगेको जनाइन्।

 

“म एक कलाकार हुँ, मेरो इमान र मेहनतले बनाएको पहिचानमाथि आघात पुर्‍याउने प्रयास भएको छ,” अधिकारीले भनिन्। “सामाजिक सञ्जालको गलत प्रयोगले कसैको जीवन कति प्रभावित हुन सक्छ भन्ने कुरा सबैले बुझ्न जरुरी छ।”

 

प्रविधिको दुरुपयोगका यस्ता घटनाले पछिल्लो समय धेरैलाई प्रभावित पारिरहेको भन्दै प्रहरी प्रशासनले दोषी पहिचान गर्न आधुनिक प्रविधिको सहायता लिने बताएको छ।





error: Content is protected !!