बाजुरा भूकम्प ः १६ घरमा क्षति
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
बाजुरा ः बाजुरामा शनिबार बिहान गएको भूकम्पका कारण १६ घरमा क्षति पुगेको छ । जगनाथ गाउँपालिका वडा नम्बर –५ को गोत्रीमा केन्द्रबिन्दु बनाएर ५.२ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पबाट मानवीय क्षति नभए पनि भौतिक रुपमा भने क्षति पुगेको छ । भूकम्पबाट १६ घर चर्किएका छन् । चर्किएको घर बस्न लागयक नभएको र गत वर्ष माघ १० गतेस्वामिकार्तिक गाउँपालिकाको मेलामा केन्द्रबिन्दु भएर ५ दशमलव ९ म्याग्नेच्युटको भूकम्पले चर्किएका घरमा थप क्षति रहेका छ ।
यती बेला फेरि भूकम्पले घर हल्लाएपछि घर छोडेर बाहिर आएका कारण मानवीय क्षति भने भएन । तर घर भने बस्न लायक नहुने गरेर चर्किएको जगनाथ गाउँपालिका वडा नं –५ का स्थानीय अनिराम दमाइले बताउनुभयो ।
उहाँले भन्नुभयो, “बिहान घरमा सुतिरहेको बेलामा भूकम्प आएको हो । त्यसले घरमा सुतेको बेला निकै हल्लाएपछि हामी तुरुन्त बाहिर आएर बस्यौं ।”
चर्काइएको जगनाथ गाउँपालिका –५ का वडा अध्यक्ष गौरी सार्कीले भूकम्पका कारण स्थानीयका घर चर्किएको जानकारी दिनुभयो । उहाँले भूकम्पबाट कुनै मानवीय क्षति भएको बताउनुभयो ।
उहाँले भन्नभुयो, “अहिले कती घर चर्किएका छन् । सबै कती घर भत्किए भन्ने कुरा एकिन भएको छैन । अहिले माथिल्लो तल्लो गोत्रीमा गएर चर्किएका घरको तथ्याङ्क लिने काम भइरहेको छ ।”
चर्किएका घरको सबै तथ्याङ्क सङ्कलन गरी सकेपछि पीडितलाई के कसरी राहत दिन सकिने त्यसको बारेमा छलफल गरिने वडा अध्यक्ष सार्कीेले बताउनुभयो ।
गोत्रीमा केन्द्र बिन्दु बनाएर गएको भूकम्पले गोत्रीका अधिकांश घरमा आशिकरुपमा क्षति गरेको जुड्डी प्रहरी चौकी हल्दवार महोन भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “यहाँको माथिल्लो गोत्रीका अनिराम दमाई, अबी दमाई, धर्म दमाई, गइकला दमाई सुपरा शाहीलगायतका १६ जनाका घर चर्किएका छन् ।”
भूकम्पले यहाँ भौतिक रुपमा क्षति गरेकाले कहाँ के कती घर चर्किएका हुन् । त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने काम भइरहेको भट्टले बताउनुभयो ।
बाजुराको गोत्रीमा केन्द्र बिन्दु बनाएर फेरि भूकम्प गएको भन्ने कुरा जानकारीमा आएको छ । अहिले त्यो ठाउँ लगायत जिल्लाका विभिन्न ठाउँमा के कती क्षति गरेको भन्ने त्यसको बारेमा तथ्याङ्क सङ्कलन गर्ने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
भूकम्पले मानवीय क्षति भने नभएको जानकारीमा आएको छ । तर यहाँ रहेका केही पुराना तथा जीर्ण रहेका घरमा भने क्षति गरेको छ ।
ती घरमा पनि के कती क्षति भएको त्यसको बारेमा जिल्ला भरीको तथ्याङ्क लिने काम भइरहेको जिल्ला विपत व्यवस्थापन समितिका संयोजक तथा जिल्ला प्रशासन कार्यालय बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताउनुभयो ।
गत वर्षको वैशाख १५ गते गएको भूकम्पले गौमुल हिमाली बडिमालिका बूढीगङ्गा खप्तड छेडेदह लगायतका गाउँपालिका गत माघ १० गते गएको भूकम्पका कारण १०४ पूर्ण ५०९ आंशिक र ४६३ वटा घरमा सामान्य क्षति भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । स्रोत ः गोरखापत्र
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)