सुर्खेतमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु एक घाइते
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/104945903_959319157829399_8841068040820604036_n.jpg)
दिपेन्द्र शर्मा सुर्खेत, – सुर्खेतको वीरेन्द्रनगर–४ भैरबस्थानको समावेशी टोलमा घरभित्र निसास्सिएर दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी विरेन्द्र विर बिश्वकर्माका अनुसार , ३० वर्षीया देवीसरा थापा घर्ती (आमा) र उनका ६ वर्षीय छोरा रियान घर्तीको ज्यान गएको हो। घटना बुधबार रातिको भए पनि बिहीबार बिहान मात्र प्रहरीलाई जानकारी गराइएको थियो।
प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्र वीर विश्वकर्माका अनुसार देवीसराकी ९ वर्षीया छोरी रिया घर्ती गम्भीर घाइते भएकी छन् र उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ।
घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा, घरभित्र कोइला बालेको र धुवाँमा निसास्सिएको देखिएको छ। डिएसपी विश्वकर्माले भने, “बेलुका खाना खाएर सुतिसकेका उनीहरू बिहान अबेरसम्म नउठेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।” र आफु त्यहाँ पुग्दा कोठाको कुनै पनी ठाउँबाट हावा बाहिर जाने ठाउँ थिएन,र कोठामा सिसाको झ्यालहरु बन्द गरिएको थियो।
घटनास्थलबाट उद्धार गरिएका तीनै जनालाई अस्पताल पुर्याइए पनि चिकित्सकले आमा र छोरालाई मृत घोषणा गरेका थिए।
![](http://nepalpostkhabar.com/wp-content/uploads/2020/06/105490204_272609163822954_6761638499778742578_n.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/123456.gif)
![](http://bherikhabar.com/wp-content/uploads/2018/07/bheri-1.jpg)